गृह Breaking News हेटौँडाको कर्रामा डुबेर एकको मृत्यु, पहिचान हुन सकेन

हेटौँडाको कर्रामा डुबेर एकको मृत्यु, पहिचान हुन सकेन

सेयर गर्नुहोस्

हेटौँडा,२८ असार ।
हेटौँडाको कर्रा खोलामा एकजनाको डुबेर मृत्यु भएको छ । हेटौँडा ८ को मैदा टोल क्षेत्रमा उनको शव कर्रा खोलामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको हो ।

स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हिजोबाट कर्रा खोलमा पानीको सतह समेत बढेको थियो । शवको हालसम्म पहिचान नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।शवलाई हेटौँडा अस्पतालमा राखिएको छ ।