गृह Breaking News मकवानपुरमा स्वास्थ बीमा गर्ने कति,कस्तो सेवा पाईन्छ स्वास्थ बीमामा ?

मकवानपुरमा स्वास्थ बीमा गर्ने कति,कस्तो सेवा पाईन्छ स्वास्थ बीमामा ?

सेयर गर्नुहोस्

सुमन दाहाल हेटौंडा २८ असार,नेपाल सरकारले जनताको स्वास्थ सेवा उपलब्ध सर्वसुलभ सहज गराउन सुरु गरिएको स्वास्थ बीमा कार्यक्रममा मकवानपुरमा ४१०५९ सदस्यले स्वास्थ बीमा गराएका छ्न।

 

स्वास्थ बीमा बोर्ड मकवानपुरका दर्ता अधिकारी नरबहादुर खड्काका अनुसार सबैभन्दा बढि स्वास्थ बीमा गर्ने हेटौंडा उपमहानगरपालिका (१९६८७) रहेको छ भने कम वागमती गाउँपालिका (८३७) ले स्वास्थ बीमा गरेका छन।

यस्तै क्रमस मनहरी(६८६०),राक्सिराङ(१०२६),इन्द्रसरोबर(१५६५,भिमफेदी(१८९७),बकैया(२१६५),गढी (२२१२), कैलास (१४०२) गाउँपालिकामा गरेका छ्न भने थाहा (३३१४) नगरपालिकामा स्वास्थ बीमा गरेका छन।

 

स्वास्थ बीमा गर्ने सदस्यहरुले मकवानपुरको हेटौंडा अस्पताल,चुरेहिल अस्पताल,अँखा अस्पताल लगायत स्वास्थ समस्या अनुसार जिल्ला बाहिर पनि सेवा पाईने कुरा खड्काले खबरब्रेकलाई बताए।आजको दिनसम्म (२२२३२) जनाले स्वास्थ्य बीमाको सेवा लियका छन् खड्काले भने।

कस्तो सेवा पाईन्छ स्वास्थ बीमामा ?

स्वास्थ बीमा सदस्य बनेपछि उक्त परिवारले वर्षभरिमा रु ५० हजार बराबरको स्वास्थ्योपचार सेवा प्राप्त गर्न सक्छन् । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारमा भए एक व्यक्ति बराबर रु ५०० तिरेर सदस्य बनेपछि रु १० हजारभन्दा बढीको थप सेवा दिन पाउने व्यवस्था छ ।

 

एक वर्षका लागि मात्र मान्य हुने भएकाले अर्को वर्षका लागि पुनः रकम बुझाएर सदस्यता नवीकरण गर्न सकिन्छ । स्वास्थ्य बीमा कार्यक्रमबाट बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवाका अतिरिक्त कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा र औषधि उपलब्ध गराउँछ । अन्तरङ्ग सेवातर्फ परीक्षण, एक्स–रे लगायतका सेवासुविधा बीमितले पाउँछन् ।पाँच सय ३० प्रकारका औषधि पनि यसैभित्र पर्छ । स्वास्थ्य बीमाले प्लास्टिक सर्जरी, महँगा चश्माको खरिद र कानमा लगाउने सुन्ने मेसिनलाई समेट्दैन भने रक्सी खाएर कुटाकुट गरी घाइते भएकालाई पनि सेवा प्रदान गर्दैन ।