गृह Breaking News कुलेखानीमा सुमो दुर्घटना, घाईतेलाई काठमाण्डौँ लगियो

कुलेखानीमा सुमो दुर्घटना, घाईतेलाई काठमाण्डौँ लगियो

सेयर गर्नुहोस्

हेटौँडा,२८ असार ।

मकवानपुरको उत्तरी इन्द्रसरोबर गाउँपालिका वडा नंबर ३ मा यात्रुवाहक सबारी दुर्घटना भएको छ । बारा जिल्लाको निजगढबाट काठमाण्डौँको लागि जाँदै गरेको ना १ ज ३४८२ नंबरको सुमो हेटौँडा—कुलेखानी सडक खण्ड अन्र्तगत इन्द्रसरोबर गाउँपालिका वडा नंबर २ कुलेखानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा पनि सुमोमा यात्रा गरिरहेका ८ जना घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाण्डौ लगिएको फाखेल प्रहरी चौकिले जनाएको छ ।

कुलेखानीको कलंकीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सुमो चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

सुमो सडकबाट करिब २५ मिटर तल खसेको थियो । घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको बताईएको छ ।