गृह समाचार हेटौँडामा आजबाट उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिता हुने

हेटौँडामा आजबाट उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिता हुने

सेयर गर्नुहोस्

हेटौँडा,२७ असार ।
अखिल नेपाल फुटबल संघको आयोजनामा भोलीबाट हेटौँडामा उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

मकवानपुर र रौतहटमा हुने छनौटमा दुबै जिल्लामा १३-१३ टोलीको सहभागिता हुने उनको भनाई रहेको छ । मकवानपुरमा बर्दिया, मकवानपुर, स्याङ्जा, उदयपुर, महोत्तरी, काठमाण्डौ, नवलपरासी, बाँके, रुपन्देही, सिन्धुपाल्चोक, सुर्खेत, चितवन तथा ताप्लेजुङ जिल्लाले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

मकवानपुरको छनौँट खेलमा प्रथम हुने तथा रौतहटको छनौट खेलमा प्रथम हुने टिमले काठमाण्डौँमा हुने महिला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्।