गृह Breaking News विद्यार्थीले लगाए वनविज्ञान अध्ययन सस्थानमा ताला

विद्यार्थीले लगाए वनविज्ञान अध्ययन सस्थानमा ताला

सेयर गर्नुहोस्

हेटौंडा,२७ असार,
हेटौँडामा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको विवाद कायमै रहँदै निजि शैक्षिक सस्थालाई संवोधन दिएको भन्दै आज , डिनको कार्यालयमा ताला लगाएका छन् ।

 

विद्यार्थीको अधिकारलाई कुल्चदै आर्थिक प्रलोभनमा परेको भन्दै अनेरास्ववियु तथा अनेरास्ववियु क्राििन्तकारीले आज तालाबन्दी गरेको हो ।

 

अनेरास्ववियुका अध्यक्ष तुल्सीराम ओली र क्रान्तिकारीका अध्यक्ष टंक दाहालले संयुक्त रुपमा प्रेस विज्ञप्तिा जारी गर्दै थप आन्दोलनको कार्यक्रमहरु समेत घोषणा गरेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको विवाद छिटो टुङ्ग्याई शैक्षिक वातावरण सिर्जना गर्नुपर्नेमा आर्थिक प्रलोभनमा परेर विद्यार्थीहरुको हक हितलाई कुल्चिएको विद्यार्थी संगठनहरुको आरोप छ ।

 

विद्यार्थीलाई होस्टलको व्यवस्था गर्नुपर्ने, शिक्षामा वैज्ञानिककरण गर्नुपर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने लगायत माग विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

विज्ञप्तीमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, उपकुलपतिको कार्यालय चितवन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रजिष्टारको कार्यालय चितवन, अनेरास्ववियु र क्रान्तिकारी जिल्ला कमिटी, मकवानपुर बोधार्थ रहेका छन् ।

हेटौँडा अनलाईनको सहयोगमा