गृह समाचार मकवानपुर प्रहरीद्वारा मोबाईल फेला पारी मोबाईल धनीलाई फिर्ता

मकवानपुर प्रहरीद्वारा मोबाईल फेला पारी मोबाईल धनीलाई फिर्ता

सेयर गर्नुहोस्

२७ असार, जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा हराएका तथा चोरी भएका विभिन्न मोडलका मोबाईल फेला पारी मोबाईल धनीलाई फिर्ता गरेको छ ।

 

कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटेको बिशेष टोलीले फेला पारेको मोबाईल आज हस्तान्तरण गरिएको हो ।

 

प्रहरीले हेटौँडा ५ बस्ने उमा रुम्बा, हेटौँडा ११ नवलपुर बस्ने नवराज खनाल, हेटौँडा १२ बस्ने मीना गोपाली, हेटौँडा २ बस्ने हर्सा लामा, हेटौँडा १० बस्ने मोनिमय बाग, हेटौँडा १ १ बस्ने गोबिन्द मिश्र, हेटौँडा १२ बस्ने कमला घले, वडा नम्बर १२ मै बस्ने कृष्ण प्रसाद लामिछाने र हेटौँडा ५ बस्ने बिमला कुमारी सारुको मोबाईल फेला पारी बुझाएको हो ।