गृह अर्थ / बाणिज्य भारतबाट ५ करोड बढीको सामान आयात गर्दा प्रतित पत्र अनिवार्य

भारतबाट ५ करोड बढीको सामान आयात गर्दा प्रतित पत्र अनिवार्य

सेयर गर्नुहोस्

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले भारतबाट ५ करोड भारतीय रुपैयाँ भन्दा बढीको सामान आयात गर्दा अनिवार्य रुपमा प्रतित–पत्र (एलसी) खोल्नु पर्ने बाध्यता बनाएको छ।

 

राष्ट्रबैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले सार्वजनिक गरेको मौद्रिक नीतिमा भारतबाट ५ करोड भारतीय रुपैयाँ बराबर अथवा त्यो भन्दामाथिको वस्तु आयात गर्दा अनिवार्य प्रतित–पत्र मार्फत गर्नु पर्ने उल्लेख गरिएको हो।

 

मौद्रिक नीति अनुसार भारतबाहेक अन्य मुलुकबाट ४० हजार अमेरिकी डलर भन्दा माथिको वस्तु आयात गर्दा अनिवार्य एलसी खोल्नु पर्नेछ। मौद्रिक नीतिले एटीएमबाट पैसा झिक्दा कुनै प्राविधिक कारणले खाताबाट रकम घट्ने तर, उपभोक्ताले नपाउने समस्या अन्त गर्न समेत वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ। मौद्रिक नीतिले उपभोक्ताले एटीएमबाट पैसा झिक्दा नपाउने समस्या समाधान गर्नु पर्ने बताएको छ।