गृह रुस विश्वकप २०१८ फ्रान्स विश्वकपको फाइनलमा

फ्रान्स विश्वकपको फाइनलमा

सेयर गर्नुहोस्

फ्रान्स रसियामा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै फ्रान्स १२ वर्षपछि फाइनलमा पुगेको हो ।

 

फ्रान्सको जितमा सामुएल उमटिटी नायक बने । उनकै निर्णायक गोलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले पराजित गर्न सफल भएको हो ।

 

खेलको ५१औं मिनेटमा उमटिटीले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न सकेनन् । खेलको दोस्रो हाफमा फ्रान्सले गोल फर्काउँदा बेल्जियमले भने गोल गर्न सकेन ।