हेटौँडा,२७ असार ।
अखिल नेपाल फुटबल संघको आयोजनामा हेटौँडामा आजबाट सुरु भएको उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगितामा मकवानपुरले विजयी सुरुवात गरेको छ ।

हेटौँडाको हुप्र चौरमा भएको प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुरले स्याङ्जालाई ४—० गोलअन्तरले पराजित गरेको हो । मकवानपुरको लागि सुजिता भोम्जनले ह्याट्रिक पुरा गरिन भने सम्झना क्षेत्रीले एक गोल गरिन् ।

खेलको सुरुवातबाटै निकै आक्रमक बनेको मकवानपुरले एक अधिकांश समय आफ्नो नियन्त्रणमा राखेको थियो ।
प्रतियोगितामा मकवानपुर सहित बर्दिया, मकवानपुर, स्याङ्जा, उदयपुर, महोत्तरी, काठमाण्डौ, नवलपरासी, बाँके, रुपन्देही, सिन्धुपाल्चोक, सुर्खेत, चितवन तथा ताप्लेजुङ जिल्लाले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

 

मकवानपुरको छनौँट खेलमा प्रथम हुने तथा रौतहटको छनौट खेलमा प्रथम हुने टिमले काठमाण्डौँमा हुने महिला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने जिल्ला फुटबल संघ मकवानपुरका महासचिव युनाल मल्लले बताए ।

 

प्रतियोगिताको लागि एनफाले १४ लाख रुपैँया बजेट पठाएको भएपनि त्यो अपुग हुनसक्ने र आफुहरुले २० लाख सम्म खर्च हुनसक्ने अनुमान गरेको उनको भनाई रहेको छ ।