गृह Breaking News इंग्ल्यान्ड र क्रोएशिया : कसले खेल्ला फाइनलमा फ्रान्ससँग ?

इंग्ल्यान्ड र क्रोएशिया : कसले खेल्ला फाइनलमा फ्रान्ससँग ?

सेयर गर्नुहोस्

रुस विश्वकपको पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा पुगेको छ ।आज हुने खेलले अब आइतबार हुने फाइनलमा फ्रान्ससँग कसले खेल्ने भन्ने निर्धारण गर्नेछ ।

 

समूह चरण तथा क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका यी दुवैको खेल रोमान्चक हुनेमा कुनै द्विविधा छैन ।यो विश्वकपमा अहिलेसम्म ६ गोल गरेर गोल्डेन बुटको दाबेदारमा सबैभन्दा शीर्ष स्थानमा आफूलाई उभ्याएका ह्यारी केनले आजको खेलमा पनि राम्रो प्रदर्शन गर्ने अनुमान गर्न सकिन्छ । किनकि यसअघिका खेलमा उनले निकै राम्रो गरेका छन् । त्यसले उनको मनोबल पक्कै बढाएको हुनुपर्छ ।

 

२८ वर्षपछि सेमिफाइनलमा पुगेको इंग्ल्यान्डले यसपटकको विश्वकप ट्रफी उचाल्नेमा आफू विश्वस्त भएको इंग्ल्यान्डका कोच साउथगेटले मंगलबार बेलायती पत्रिकाहरुसँग बताएका छन् । टिमले गरेको राम्रो प्रदर्शनका कारण उनको आत्मबल निकै बढेको छ । १९६६ मा विश्वकप जितेको इंग्ल्यान्डले यसपटक पनि विश्व च्याम्पियन बन्ने सपना देखिरहेको छ तर उसका लागि आज क्रोएशियासँग हुने खेल सहज छैन, टफ नै देखिन्छ ।

 

केनसँगै लुका मोडरिच र इवान रेकिटिचजस्ता अनुभवी खेलाडीका कारण बढेको इंग्ल्यान्डको आत्मविश्वासमा क्रोएशियाको बलियो डिफेन्स बाधक पनि हुनसक्छ ।सन् १९९८ मा पहिलोपटक सेमिफाइनलमा पुगेको क्रोएशियाले यसपटक त्यो अनुभव र नयाँ व्यवस्थापनलाई सही तरिकाले प्रयोग गर्ने अनुमान धेरैको छ ।

 

क्रोएशियाका सबै खेलाडी अत्यन्त राम्रो भएकाले इंग्ल्यान्डले खेल रणनीतिमा केही परिवर्तन ल्याउन सक्ने विश्लेषकहरुले बताएका छन् । तर, क्रोएशियाविरुद्ध जित निकाल्न इंग्ल्यान्डलाई त्यति समस्या नहुने तर्कहरु पनि छन् ।यी तर्कको आधार भनेको यी दुई देशबीच यसअघि भएका खेलका विश्लेषण हुन् ।

 

यी दुई देश यसअघि महत्वपूर्ण खेलमा एकपटकमात्र भेट भएका छन् । युरो कप २००४ मा भएको यी दुईको खेलमा इंग्ल्यान्डले ४-२ ले क्रोएशियालाई हराएको थियो । यसबाहेक यी दुई टिमबीच भएका ७ खेलमा इंग्ल्यान्डले ४ खेलमा, क्रोएशियाले २ खेलमा जित निकालेका थिए । एउटा खेल बराबरीमा टुङ्गिएको थियो ।

इंग्ल्यान्डको याे विश्वकप यात्रा

याे इंग्ल्यान्डका लागि तेस्राे विश्वकप सेमिफाइनल खेल हाे ।याे विश्वकपमा यहाँसम्मकाे यात्रा इंग्ल्यान्डका लागि निकै राेमान्चक रह्याे । उसले १८ जुनमा ट्युनिसियाविरुद्ध सुरु गरेकाे पहिलाे खेलमा २-१ काे जित निकाल्याे । समूह चरणकाे दाेस्राे खेलमाउसले पानामालाई ६-१ काे फराकिलाे अन्तरले पराजित गर्याे । याे खेलमा ह्यारी केनले ह्याट्रिक गरे । याे विश्वकपकाे याे दाेस्राे ह्याट्रिक थियाे ।

समूह चरणकाे अन्तिम खेलमा उसलाई जित्नुभन्दा पराजित हुनु फाइदाजनक थियाे । नभन्दै समूहकाे शीर्षस्थानमा बेल्जियमलाई छाेड्दै इंग्ल्यान्ड नकअाउटमा प्रवेश गर्याे ।

 

इंग्ल्यान्डले प्रिक्वाटरफाइनलमा कोलम्बियासँग १–१ को बराबरी खेल्यो । निर्धारित समय र अतिरिक्त समयमा पनि १-१ काे बराबरीमा खेल रहेपछि पेनाल्टी सुटअाउटमा उसले काेलम्बियालाई ४-३ ले पराजित गर्याे ।

याे यात्रामा एक खेलमा मात्र पराजित भएकाे इंग्ल्यान्डले सेमिफाइनलमा प्रवेश गर्न स्वीडेनलाई २-० ले पराजित गर्याे ।

सेमिफाइनलसम्म क्राेएशियाकाे यात्रा

१७ जुनमा नाइजेरियालाई २-० ले हराएर विश्वकप २०१८ काे सुखद सुरुवात गरेकाे क्राेएशियाले समूह चरणकाे दाेस्राे खेलमा अर्जेन्टिनलाई ३-० ले पराजित गर्दै विश्वका फुटबल प्रेमीकाे ध्यान तान्याे ।

 

समूह चरणको अन्तिम खेलमा पनि क्रोएशियाले आइसल्यान्डलाई २–१ ले पराजित गर्याे । समूह चरणका तीनै खेल जितेकाले क्राेएशियाले सबैकाे ध्यान तान्याे ।अन्तिम १६ काे खेलमा डेनमार्कलाई पेनाल्टी सुटअाउटमा क्राेएशियाले हरायाे ।

 

अत्यन्त राेमान्चक रहेकाे क्वार्टरफाइनलमा अायाेजक रुसलाई पेनाल्टी सुटअाउटमा स्तब्ध पार्दै क्राेएशिया सेमिफाइनलमा अाएकाे हाे ।