गृह स्थानीय हेटौँडाको मासु पसलबाट मासु र टिभी चोर्ने पक्राउ

हेटौँडाको मासु पसलबाट मासु र टिभी चोर्ने पक्राउ

सेयर गर्नुहोस्

हेटौँडा २६ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा मुन्ना अन्सारीको समिर मिट सपबाट मासु तथा टिभी चोर्नेलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

 

सोमबार मासु पसलबाट चोरी गर्ने हेटौँडा ५ का २५ वर्षीय आकाश महतलाई पक्राउ गरिएको हो । उनलाई हेटौँडा ४ स्थित सडक किनारमा बोरामा भएको टिभी १ थान, खसीको तयारी मासु १० किलो र कुखुराको तयारी मासु २ किलो सहित नियन्त्रणमा लिइएको हो । उनले उक्त सामानहरु समिर मिट हाउस मासु पसलबाट चोरी गरी ल्याएको स्विकार समेत गरेका छन् ।

 

उनलाई मकवानपुर जिल्ला अदालतबाट चोरी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।