गृह Breaking News यो त अत्ति भयो नि, पैदल यात्रु कहाँबाट हिडने ?

यो त अत्ति भयो नि, पैदल यात्रु कहाँबाट हिडने ?

सेयर गर्नुहोस्

हेटौँडा,२६ असार ।
हेटौँडा उपमहानगरपालिकाले हेटौँडा बजार क्षेत्रको ट्राफिक ब्यवस्थापनलाई सहज बनाउन तथा पछिल्लो केहि समयबाट हुने गरेको जामलाई कम गर्नको लागि सडक क्षेत्रमा रहेको “पार्किङ” क्षेत्रलाई “ नोपार्किङ” क्षेत्रको रुपमा परिणत गरेको छ ।

 

हेटौँडाको मुख्य बजार क्षेत्रको रुपमा रहेको राप्तिरोडमा यो नियम लागु भैसकेको छ भने स्कुल रोड, मेन रोड, कान्तिराजपथ लगाएतको क्षेत्र अब चाँडैनै “पार्किङ” निशेषिध क्षेत्रको रुपमा घोषणा गरिदै छ ।

तर “पार्किङ” निषेध गरेको हेटौँडा उपमहानगरपालिकाले सबारीको नयाँ “पार्किङ” स्थालको ब्यवहारिक रुपमा तय गर्न नसक्दा अहिले हेटौँडामा सबैभन्दा धरै पैदलयात्रुले दुख पाएका छन् । पैदल यात्रु हिडने सडक पेटी “पार्किङ”को रुपमा प्रयोग गरेपछि पैदल यात्रुहरु मारमा परेका हुन् । सडक पेटीमा ठुला सबारी तथा मोटरसाईकलहरुको भिड हुने हुँदा पैदल यात्रुहरु सडकबाटै हिडनुपर्ने वाध्यता आएको छ ।

 

सडकबाट हिडदै गरेका हेटौँडा ७ का शिबकुमार गौतमले भने ः के गर्नु हिडने ठाउँमा यत्रो गाडहरु छ। बिचार गर्दै सडकबाट हिडनु परेको छ । गौतम जस्तै सडक पेटिमा सबारीहरु भएकै कारण यहाका स्थानीयहरुलाई मार परेका छ । हेटौँडामा प्रत्येक दिन हुने गरेको सबारी दुर्घटनाको प्रमुख कारण जथाभावी सडकमा प्रदाल यात्रु हिडनाले भन्ने गरेको ट्राफिक प्रहरी पनि सडक पेटिमा सबारी “पार्किङ” गर्दा समेत मौन रहेको पाईएको छ ।

मुख्य बजार क्षेत्रको एक स्थानमा मात्र “नो पार्किङ” घोषणा गरिनुले एकतर्फको ब्यवसायीलाई मात्र घाटा भएको भन्दै राप्तिरोडका ब्यवसायीहरुले गुनासो गरेका छन भने नगरपालिका आफै सडक पेटिलाई “नो पार्किङ” स्थल बनाउँदै हिडेपछि सबैभन्दा पीडामा पैदल यात्रु परेका छन् ।