गृह रुस विश्वकप २०१८ आन्ड्रेस इनिएस्टाले लिए सन्यास

आन्ड्रेस इनिएस्टाले लिए सन्यास

सेयर गर्नुहोस्

आन्ड्रेन्स इनिएस्टाले विश्वकप फुटबलको प्रिक्वाटरफाइनल खेलमा आयोजक रसियासँग स्पेन पेल्नाटी सुटआउटमा ४–३ गोलले पराजित भएपछि सन्यास लिए ।

 

इनिएस्टाले यसअघि नै विश्वकप फुटबलपछि सन्यास लिने कुरा थियो । ३४ वर्षीय इनिएस्टाले सन् २००६ जुन २३ मा विश्वकप फुटबलमा साउदी अरबविरुद्ध डेब्यु गरेका थिए । डेब्यु खेलमा स्पेनले साउदी अरबलाई १–० गोलले पराजित गरेको थियो ।

राष्ट्रिय सिनियर टिमबाट इनिएस्टाले सन् २००६ मा रसियाविरुद्ध डेब्यु गरेका थिए । जुन खेलमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।

 

विश्वकप फुटबलमा इनिएस्टाले १४ खेल खेलेका छन् भने २ गोल गर्न सफल भएका छन् । सन् २०१० को विश्वकप फुटबलको फाइनलमा उनकै गोलको कारण नेदरल्यान्ड्सलाई १–० गोलले पराजित गर्दै स्पेनले विश्वकप फुटबलको उपाधि पहिलो पटक उचालेको थियो ।