गृह Breaking News छतिवन प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स दुर्घटना

छतिवन प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स दुर्घटना

सेयर गर्नुहोस्
दुर्घटनाग्रस्त एम्बुलेन्स : तस्बिर प्रविन चौलागाई, खबरब्रेक

हेटौँडा,३१ जेठ ।

हेटौँडा,प्राथमिक स्वास्थ्य केन्द्र छतिवनको एम्बुलेस दुर्घटना भएको छ । आज बिहाना बकैया गाउँपालिका वडा नंबर ४ बाट हेटौंडा अस्पताल बिरामी पुर्याएर बकैया फर्केको एम्बुलेन्स हेटौँडा १८ मा दुर्घटना भएको हो ।

धरान चतरा सडक खण्ड अन्र्तगत हेटौँडा १८ को स्वाउली बजार क्षेत्रमा एम्बुलेनस दुर्घटना भएको हो । धरान चतरा सडको निर्माण कार्य भैरहेको अवस्थामा सडकमा रहेको माटोको ढिस्कोमा भष्किएर दुर्घटना भएको एम्बुलेन्स चालक होमनाथ फुँयालले बताए । दुर्घटनामा चालक फुँयाल घाईते भएका छन् ।
तस्बिर ः प्रविन चौँलागाई, खबरब्रेक