राजधानी अध्ययन समिति नुवाकोटमा तस्बिर खिँचाउँदै

धर्मेन्द्र दाहाल

प्रदेश ३ को स्थायी राजधानी निर्धारण गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले प्रदेशको राजधानी सम्भाव्यता अध्ययन गर्ने क्रममा आज नुवाकोट, काभ्रे तथा भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरेको छ।

प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका जिल्लाको अध्ययन गर्ने क्रममा समितिका सभापति दीपक निरौलासहितको सदस्य टोलीले नुवाकोटको स्थलगत अध्ययन गरेको हो ।

टोलीले काठमाण्डौँ उपात्यकाको भक्तपुर सहित प्रदेश नंबर ३ को नुवाकोट र काभ्रेको अध्ययन सकेको हो । समितिले ति जिल्लाको भौतिक पूर्वाधार, सडको अवस्था लगाएतको विषयमा अध्ययनको साधै जिल्लाको सरोकारवालाहरुसँग छलफल समेत गरेको थियो ।

अध्ययनको विषयमा जानकारी दिँदै समितिका सदस्य समेत रहेका सांसद विशाल खड्काले राजधानीको माग गर्दै आएका जिल्लाहरुको अवलोकनको काम अन्तिम चरणमा पुगेको र असार २ गतेसम्ममा अबलोकन गरिसक्ने बताए ।
अब मकवानपुर तथा चितवनको अध्ययन तथा अबबलोकन गरिने र असार ११ भित्र प्रदेशसभामा प्रतिवेदन बुझाईसक्ने उनको भनाई रहेको छ ।

प्रदेश नंबर ३ को १३ वटै जिल्ला सबै हिसाबले राजधानी बन्न लाएक रहेको भन्दै उनले ति मध्य एक जिल्लालाई राजधानी बनाउन अब धेरै समय खर्चन नुहेन बताए ।
गत २०७४ साल काभ्रेका सांसदले चैत्र १४ गते, रसुवा र नुवाकोटका सांसदले १५ र भक्तपुरका सांसदले २६ गते राजधानी कायम गर्न माग गर्दै छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका थिए । भने गत जेठ २० गते चितवनका सांसदहरुले पनि राजधानीको माग गर्दै प्रस्ताव दर्ता गरेका थिए ।

राजधानीको विषयमा धेरै जिल्लाबाट लिखित प्रस्तावनै दर्ता भएपछि प्रदेशसभाले गत बैशाख १४ गते १३ सदस्यि समिति निर्माण गरेको थियो । समितिमा एमालेका तर्फबाट दीपक निरौला, रामकुमार अधिकारी, विजय सुवेदी, बसन्त मानन्धर, सरस्वती बस्नेत, माओवादी केन्द्रका विशाल खड्का र जगत सिंखडा, नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा र प्रभात तामाङ, विवेकशील साझा पार्टीका विराजभक्त श्रेष्ठ, नेमकिपाका सुरेन्द्रराज गोसाई, राप्रपाका रिता माझी र राप्रपा प्रजातान्त्रिक का रिना गुरुङ रहेका छन् ।

समितिको गत बैशाख ३१ मा भएको पहिलो बैठकले दिपक निरौलालाई अध्यक्ष बनाएको थियो भने सोहि दिनबाट गणनाहुनेगरि असार ११ सम्ममा प्रदेशसभालाई अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने वाध्यता समेत समितिलाई रहेको छ ।