गृह समाचार स्थानीयले जलाए टिप्पर

स्थानीयले जलाए टिप्पर

सेयर गर्नुहोस्

बुधबार भक्तपुरको जडीबुटीमा आक्रोशित स्थानीयहरुले टिप्पर जलाएका छन् । जडीबुटी चोकबाट कोटेश्वर जाँदै गरेको बा ७० प ९३९९ को स्कुटीलाई ना  ४ ख ३५५८ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएको हो ।

घटनामा स्कुटी चालक गम्भीर घाइते भएको छ भने उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

 

त्यसलगत्तै आक्रोशित स्थानीयले उक्त टिप्परमा आगो लगाइदिएका छन् । सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ । घटना आज दिउँसो भएको हो ।टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।खरीबोट बाट