गृह स्थानीय संसदमा २ प्रतिवेदन पेश, एक विधेयकमा शैद्धान्तिक छलफल

संसदमा २ प्रतिवेदन पेश, एक विधेयकमा शैद्धान्तिक छलफल

सेयर गर्नुहोस्

हेटौँडा,३० जेठ
प्रदेश नम्बर ३ को संसद बैठकमा २ वटा प्रतिबेदन पेश भएको छ भने एक विधेयकमाथि छलफल भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेश आकस्मिक कोष सम्बन्धमा ब्यबस्थ गर्न बनेको बिधेयक २०७५ र प्रदेश वित्तिय हस्तान्तरण ब्यबस्थापन विधेयक २०७५ अर्थ तथा विकास समितिबाट प्रतिवेदन पेश भएको छ भने कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धी बिधेयकमाथी सैद्धान्तिक छलफल भएको हो । संसदमा समितिका अध्यक्ष सरेश नेपालले प्रतिबेदन पेश गर्नुभएको थियो ।
कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धी बिधेयकमाथी सैद्धान्तिक छलफलको क्रममा १४ जना सांसदहरुले बोल्नुभएको थियो ।

सांसदहरुले बोल्नेक्रममा प्रदेश सरकारले करको दर भन्दा पनि दायरा फराकिलो पानुपर्नेमा जोड दिनुभएको थियो ।कर तिर्न जाँदा कर भन्दा पनि घुस बढी दिने गरेको, दाहोरो कर प्रणाली लगाएतका समस्याहरु कर उठाउने क्रममा हुने गरेकाले प्रदेश सरकारले त्यस तर्फ ध्यान दिन सांसदहरुले आग्रह गर्नुभएको थियो । सांसद रमेश पौडेलले फेसबुकलाई समेत करको दायरामा ल्याउनुपर्ने धारणा राख्नुभएको थियो भने नरोत्तम बैद्यले पशुपती मन्दिरमा हुने बिषेश पुजामा कर लगाउन आग्रह गर्नुभयो ।

त्यसैगरी शोभा शाक्यले मालपोतमा हुने भ्रष्टचार रोक्न आग्रह गर्नुभयो । सांसदहरु प्रभात तामाङ,रिना गुरुङ, निमा लामा, बिराज भट्ट श्रेष्ठ, रिता माझी, शाज्ती प्रसाद पौडेल, बिजया श्रेष्ठ केसी, सिता अधिकारी, सृजना सैजु,लेखनाथ दाहाल र प्रदिप कुमार कटुवालले छलफलमा बोल्नुभएको थियो ।

छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले सबैको सुझाबलाई आबश्यक समबेश गर्ने बताउनुभयो ।