हेटौँडा,३० जेठ ।

विश्वकप फुटबल सुरुहुन अब २४ घण्टा मात्र बाँकी रहेको अवस्थामा अहिले कुन देशको सर्पोटर को भनेर समेत चर्चा सुरु भएको छ ।
विश्वकपको चर्चा यतिबेला नेपाली राजनीतिमा समेत छाएको छ । संघिय सांसदको बैठकमा एमालेका सांसद बिरोध खतिवडाले भिन्नै शैलिमा नेपाल पनि यो विश्वकपमा सहभागि हुनुपर्छ भन्ने तर्क राखे ।

यसो त मकवानपुर क्षेत्र नंबर २ का सांसद ब्राजिलका समर्थक रहेछन । उनले केहि मिडियमा दिएको जानकारी अनुसार उनलाई ब्राजिल मन पर्ने बताएका छन् । सन १९८२ बाट फुटबलको विश्वकप हेर्न थालेको बताउने खतिवडाले ब्राजिललाई मन पराउने बताए । यो विश्वकपको खेलाडीमा भने उनलाई पोर्चुगलको रोनाल्डो निकै मन पर्ने बताए । तर समग्र टिममा भने ब्राजिल उनको सर्पोटर रहेका छन् ।

 

उता मकवानपुर क्षेत्र नंबर १ का सांसद कृष्णप्रसाद दाहाललाई भने फ्रान्स मन पर्ने पाईयो । खरबब्रेकसँग कुरा गर्दै दाहालले आफु यो पटक फ्रान्सको सर्पोटमा रहेको र फ्रान्स विश्वकप जित्ने विश्वासमा रहेको समेत बताए । अरुबेला खासै धेरै खेल नहेरेपनि विश्वकप भने हेर्ने गरेको उनको भनाई रहेको छ ।

 

उता राप्रपाका केन्द्रीय अध्यक्ष समेत रहेका कमल थापा भने जर्मनको समर्थक रहेको पाईयो । उनले सानै उमेरदेखि फुटबल मन पराएको र आफु २६ वर्षमानै एनफा अध्यक्ष भैसकेकोले पनि खेलप्रति निकै रुचि रहेको बताए । उनको मन पर्ने खेलाडीचै ब्राजिलको पेले रहेको बताए । यो विश्वकप भने जर्मनले जित्नेमा उनी विश्वस्त रहेको र खेल हेर्नको लागि ५५ इन्चको टिभि समेत ल्याएको बताए । तर थापाको पहिले पहिले भने ब्राजिलाई मन पराउने गरेको समेत बताए ।