हेटौँडा,३० जेठ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले विश्वकपबारे सूचना प्रकाशन गरेको छ । आज प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जारि गरेको सूचनामा १० बुँदा समाबेस रहेको छ ।

प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार विश्वकप फुटबलको सार्वजनिक स्थानमा ठुला पर्दामा देखाउन पाईने छैन् । सूचनामा कुनैपनि सार्वजनिक अनुगमनलाई प्रभावित पार्न नपाउने, प्रर्दशनी स्थलमा प्रवेश शुल्क लिन नपाउने, खेलमा हारजित हुनेगरि बाजी लगाउन नपाउने, साउण्ड बक्स प्रयोग गर्दा ध्यान दिनु पर्ने, टोल छिमेकलाई हानी पुर्याउने गरि क्रियाकलाप गर्न नपाउने, प्रर्दशनी स्थलमा हुने भवितब्य, दुर्घटनाको स्वयम आयोजकनै जिम्मेवारी हुने, प्रर्दशनी स्थलमा सिसिटिभी हुनुपर्ने र जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्नुपर्ने उल्लेख रहेको छ ।