ध्यानाकर्ष पत्र दिँदै नेकपाका बकैया इन्चार्ज प्रल्हाद तथा ग्रहण गर्दै बकैया गाउँपालिका प्रमुख दामोदर खनाल । तस्बिर : खबरब्रेक

हेटौँडा,३० जेठ ।
विप्लव नेतृत्वको नेकपाले बकैया गाउँपालिकालाई विभिन्न माग राख्दै आज ध्यानाकर्षण पत्र बुझाएको छ । नेकपाका बकैया इन्चार्ज प्रल्हादले बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाललाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

आज बकैया गाउँपालिका पुगेर प्रल्हादले अध्यक्ष खनाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा जनप्रतिनिधिले सेवा सुविधको लागि लिएको सबारी तथा मोवाईल फोन फिर्ता गरि उक्त रकम विकासको लागि खर्च गर्नपर्ने, गाउँपालिकाको कार्यालय स्तान्तरण गर्दा आफुहरुसँगको सहकार्य हुनुपर्ने, सार्वजनिक जग्गा अतिक्रमण बन्द गरिनुपर्ने, नयाँ आर्थिक वर्षको बजेटमा जनसत्तासँग सहकार्य गर्नुपर्ने लगाएतको रहेको छ ।

आफुहरुको ध्यानाकर्षणपत्रलाई कमजोरीको उपज ठानिए त्यसबाट हुने समस्याको भागेदार आफै हुनुपर्ने समेत पत्रमा भनिएको छ ।

हेरौ ध्यानाकर्षण पत्र जस्ताको तेस्तै