गृह राजनीति ‘विपी राजमार्ग सेल्फि खिच्न र फिल्म सुटिङ गर्नका लागि मात्र बनाएको हो...

‘विपी राजमार्ग सेल्फि खिच्न र फिल्म सुटिङ गर्नका लागि मात्र बनाएको हो ?’

सेयर गर्नुहोस्

३० जेठ – सांसद गणेश पहाडीले विपी राजमार्गमा यात्रुबस र मालवाहक सवारी साधन नचल्दा त्यस क्षेत्रका जिल्लाबासी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै सांसद पहाडीले कुनै पनि विषयमा निर्णय लिंदा त्यसको प्रभावको अध्ययन र मुल्यांकन गर्न पनि सचेत गराए । विपी राजमार्गमा मालवाहक बस र यात्रु बस चल्न रोक लगाउने सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण केही दिन देखि सिन्धुली, रामेछाप, ओलखढुङा, दोलखा, सोलु लगायतका बासिन्दाको जनजिवन अस्तव्यस्त हुनुको साथै मंहगी बढेको भन्दै उनले त्यस तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विपि राजमार्गमा सवारी संचालनमा रोक लगाए लगत्तै ग्रामीण कच्ची सडकमा समेत साना गाडी चल्न नसक्ने अवस्थाका कारण सिन्धुलिको सदरमुकाम र ९ वटै स्थानीय तहसंगको सम्बन्ध र सम्पर्क विच्छेद भएको भन्दै उनले विवेक पुर्ण निर्णयका लागि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने “अहिले सिन्धुलीका जनताहरु प्रश्न गरिरहेका छन् । के राजमार्ग भनेको सेल्फि खिच्न र फिल्म सुटिङ गर्नका लागि मात्रै हो रु कि यातायात चल्नका लागि पनि होरु”

सवारी साधन संचालनमा रोक लगाउने निर्णयले वर्तमान सरकारको नीति तथा कार्यक्रममा समावेश १ बर्ष भित्र भुकम्प पीडितलाई छानो मुनि ल्याउने र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग ५ बर्ष भित्र सम्पन्न गर्ने भनि गरेको संकल्प पुरा हुन नसक्ने ठोकुवा गरे ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका विकासमैत्री हुन सकेनन भने सम्वृद्धि सम्भव नहुने भन्दै उनले सभामुख मार्फत सरकारसंगै राज्यका सबै निकायको ध्यानाकर्षण गराएका हुन् ।