गृह Breaking News प्रदेश ३ : भक्तपुरमा राजधानीको लागि सम्भाव्यता अध्ययन

प्रदेश ३ : भक्तपुरमा राजधानीको लागि सम्भाव्यता अध्ययन

सेयर गर्नुहोस्

जेठ २९,प्रदेश ३ को स्थायी राजधानी निर्धारण गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले प्रदेशको राजधानी सम्भाव्यता अध्ययन गर्ने क्रममा आज भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरेको छ।

 

प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका जिल्लाको अध्ययन गर्ने क्रममा समितिका सभापति दीपक निरौलासहितको सदस्य टोलीले भक्तपुरको स्थलगत अध्ययन गरेको हो।

भक्तपुरलाई स्थायी राजधानी निर्धारण गरेमा प्रदेशसभाको बैठक बस्ने स्थानका रुपमा पहिचान गरेको बोडेस्थित कृषि विकास बैंकको तालीम हलमा भएको सुझाव संकलनमा सहभागी जनप्रतिनिधिले भक्तपुरमै स्थायी राजधानी बनाउनुपर्ने तर्क राखेका छन्। छलफलमा प्रतिनिधसभा सदस्य महेश बस्नेतले भक्तपुरको मात्रै नभई सिङ्गो ३ प्रदेशको हितका लागि भक्तपुर स्थायी राजधानी हुने चर्चा गर्दै केन्द्रीय राजधानीसँग जोडिएको भन्ने तर्कबाहेक भक्तपुर प्रदेश राजधानी हुन नहुने कुनै कारण नभएको बताए।

उनले भक्तपुरलाई प्रदेश राजधानी बनाउनेबारेमा प्रदेश सांसदबीच सर्वसम्मत निर्णय हुने विश्वास व्यक्त गर्दै केन्द्रीय राजधानीसँग जोडिएको भए पनि भक्तपुर सबै कारणले पछाडि परेको जिल्ला भएको बताए।नेपालखबरबाट