हेटौँडा,२९ जेठ ।
प्रदेश ३ को आज बस्ने मन्त्रीपरिषद बैठकले प्रदेश नीति तथा आयोगको निर्माण गर्ने भएको छ । आज दिउसो ४ बजे बस्ने बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर खिमलाल देवकोटा र सदस्यमा श्याम बस्नेतलाई नियुक्त गर्न लागेको हो ।

श्रोतको अनुसार आजको बैठकले उनीहरुलाई नियुक्ती गर्नेछ ।
विकास अर्थशास्त्रमा विधावारिधी गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् । बस्नेत प्राकृतिक स्रोतसम्बन्धी विज्ञ हुन् ।