
हेटौँडा,२८,जेठ ।
हेटौँडा उपमहानगरपालिका को वडा नंबर ७ नाकस्वती रहेको भुटनदेबी बेकरी उद्योगमा आगलागी भएको छ
सोमबार दिउँस भएको आगलागीमा ८० लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक हरिगोपाल सापकोटाले जानकारी दिए ।
सोमबार दिउँस परेको चट्याङले ओभनमा आगोलागेपछि उद्योगनै जलेको प्रारम्भिक अनुमान रहेको उनले बताए ।
आगलागीको विषयमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले ७० देखी ८० लाख रुपैँयाको क्षति भएको अनुमान गरिएको बताए । आगलागी भएपछि दमकल, स्थानीय तथा प्रहरीको सक्रियतामा केहिबेर अघि मात्र आगो नियन्त्रणमा लिईएको छ ।
तस्बिर : शुसिल सुबेदी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।