
हेटौँडा,२५ जेठ ।
राप्रपाका अध्यक्ष कमल थापाले कम्युनिष्ष्ट सरकार र नेपालि कांग्रेसले फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने सहमति गरेको भन्दै आपत्ति जनाउनु भएको छ । दोषि साबित भएपछि सांसद पद स्वभाविक रुपमा निलम्बन हुनुपर्ने भन्दै अध्यक्ष थापाले यसो नभए राजनितिमा आपराधिक क्रियाकलाप बढ्ने बताउनु भयो ।
राष्ट्रियप्रजातान्त्रिक युवा संगठन भेला तथा प्रशिक्षणको उद्घाटन समारोहलाई हेटौडाममा सम्बोधन गर्नुहुदै थापाले यस्तो बताउनु भएको हो । उहाले केहिदिन अघि गणतन्त्र दिवसकोे अवसर पारेर सरकारले सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्वामा जन्मकैद सजाय पाएका बालकृष्ण ढुंगेललाई आममाफि दिई अपराध गरेर पनि उन्मुक्ति पाईन्छ भन्ने सन्देश दिएको बताउनु भयो ।
ढुंगेललाई आममाफि दिएर सरकारले राजनिति गरेपछि जस्तोसुकै अपराध गरेपनि उन्मुक्ति पाईन्छ भन्ने सन्देश समाजमा फैलाएको उहाको भनाई थियो ।
थापाले गएको चुनावमा अप्रत्यासित हार भोग्नु परेको भन्न्दै प्रत्यक्षतर्फ जित्न नसकेपनि सम्मानजनक मत प्राप्त गरेको बताउनु भयो । तर समानुपातिक तर्फ ३ प्रतिशत पनि मत नआएको भन्दै त्यसमा जनताको नभई पार्टिको नै कमिकमजोरी रहेको औल्याउनु भयो । निर्वाचनको पुर्वसन्ध्यामा पार्टि विभाजन भएकाले त्यसको असर जनमतमा परेको उहाको भनाई छ । थापाले वर्तमान सरकार नेपालमा प्राचिन कालदेखी चलिआएको धर्म नष्ट गरि बिदेशी धर्म अपनाउन लागी परेको बतााउनु भयो ।
राष्टिय« प्रजातान्त्रिक युवा संगठन मकवानपुरका अध्यक्ष दामोदर वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रिय उपाध्यक्ष तथा पुर्व गृहमन्त्री बुद्विमान तामाङ , राष्टिय« प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमाल , राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी लगायको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।