
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधान तयार पारेको छ। एमाले र माओवादीको केन्द्रबीच एकीकरणपछि बनेको नेकपाले तीन हप्ता लगाएर विधान तयार पारेको हो।
विधानमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्ड दुवैलाई समान अधिकार दिइएको छ।नेकपाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाएको विधानलाई अन्तिम रुप दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई जिम्मा दिएको थियो। त्यसअनुसार अध्यक्ष प्रचण्डले बुधबार केही संशोधनसहित विधानलाई अन्तिम रुप दिएका नेकपाका एक नेताले जानकारी दिए।
विधानमा प्रचण्डको नेतृत्वमा भएको १० वर्षे जनयुद्धले उत्पीडित जाति, वर्ग, लिंग र समुदायलाई जागरुक बनाएको र त्यसले गणतन्त्र स्थापनामा भूमिका खेलेको शब्दावली समेत प्रयोग गरिएको छ। यसअघि निर्वाचन आयोगमा बुझाइएको राजनीतिक दस्तावेजमा प्रचण्डको नाम उल्लेख थिएन।
त्यसैगरी पार्टीको राजनीतिक कार्यदिशा समाजवाद उन्मुख जनताको जनवाद हुने विधानमा उल्लेख गरिएको छ।प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले एकीकृत पार्टीको विधान, राजनीतिक प्रतिवेदन सबै टुंगो लागिसकेको जानकारी दिए। उनले एक दुई दिनमा राजनीतिक दस्तावेज छापिएरै आउने बताए।
विधानमा आपसी समझदारीमा बैठक बोलाउने, दुवै अध्यक्षले हस्ताक्षर गरी आन्तरिक पार्टी कमिटीमा सर्कुलर गर्नेलगायतका विषय समेटिएका छन्।#नेपालखबरबाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।