
हेटौँडा,२१ जेठ । केहि सार्वजनिक अपराध मुद्दामा जरिवाना तोकी फरार रहेका एक प्रतिवादलाई आज जिल्ला अदालत मकवानपुरमा पेश गरिएको छ ।जिल्ला अदालत मकवानपुरको २०७३ जेठ २१ गतेको फैसलाले केहि सार्वजनिक अपराध मुद्दामा रु. १ हजार जरिवाना तोकी फरार रहेका प्रतिबादी साविक भैँसे गाविस वडा नम्बर १ बस्ने सिलिङ रानालाई अदालत पेश गरिएको हो ।
उनलाई आज बिहान प्रहरी चौकी भैंसेबाट खटेको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।