केदार न्यौपाने
केन्द्रीय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

१० बैशाख ०७५ दिन विहानै ८ बजे तिर म काठमाण्डौँको कलंकी स्यूचाटार चोक पुगेँ जे.पी. भेटवालको घरको अगाडी । च्यानल गेटमा ताल्चा झुण्डिएको थियो । म ताल्चा हेदैँ ढोका अगाडी ठिंग उभिएँ र भावुक भएँ । माथ्लो तलामा हेरे सुनसान लाग्यो । तर कराउन अप्ठ्यारो लाग्यो । म आएको छु भनेर कराउन मन लाग्यो । तर कराउन अप्ठ्यारो लाग्यो सोचेँ भाउजु हरिमाया शोकमग्न हुनुहुन्छ होला । जेपी भेटवालको निधन भएको आज १९ दिन त भयो । झुण्डिएको ताल्चाले भनि रहे जस्तो लाग्यो – “अव तपाईको प्रिय जेपी भेटवाल मुस्कुराउदैँ तपाईको स्वागतमा प्रसन्न मुद्रा लिएर उत्सुकताले भरिएको मस्तिष्क बोकेर , स्वागत्तका हातहरु उठाएर अभिवादन गर्दै कहिल्यै आउनु हुने छैन ” “विना भेटवाल जी तपाईले अभ्यस्त हुनु पर्नेछ , विना भेटवाल जी तपाईले अगाडी बढनु पर्ने छ – भेटवाल जी का गुणहरुबाट निर्देसित भएर ” म खिन्न भएँ, संझिए होत है । अगाडीको दोकानवाला साथीलाई सोधेँ हरिमाया कताहुनुहुन्छ ? वहाँले घरभीत्र छिर्ने र माथिल्लो तलामा जाने अर्को बाटो देखाइदिनु भयो ।

हरिमायाले उदास भेषभुषामा , उदास मुद्रामा मेरो हार्दिक स्वागत गर्नु भयो । छोरी सिर्जना साथै थिइन । म त्यहि वैठक कोठामा बसेँ जहा जेपी जीले बसाउनु हुन्थ्यो । सिंगो कोठामा आखाँ घुमाएँ र तस्वीरहरु हेरे । भाउजु हरिमाया र छोरी सिर्जनालाई पीडा नहोस भनेर धेरै प्रश्नहरु गर्ने मन लागेन । छोरी सिर्जना जेपी को भुमिका निर्वाहा गर्दै थिइन मेरो सत्कारमा । भाउजु उदासिन चेहरामा नजिकै बसेर जेपीका अन्तिम क्षणहरु बताउदैँ हुनुहुन्थ्यो । मैले सुनिरहेँ ।

काठमाण्डौको मेडिसिटि हस्पिटलमा रहँदा एक दिन जेपी ले हरिमायालाई कलंकी घर पठाउनु भयो कुनै काम निकालेर । वहाँ गल्दै जानुभएको थियो । छोरीलाई पनि कुनै काम अ¥हाएर एकछिन बाहिर पठाउनु भयो । १, २ घण्टा पछि भाउजु फर्कनु भयो सिर्जना र सम्झना पनि फर्किए । तर वहाँले मेडिसिटिबाट डिस्चार्ज लिइ सक्नु भएछ । जेपीले परिवारलाई भन्नु भयो “मलाई विर अस्पताल लैजाँउ , अब धेरै दिन बाचिदैन, कुनै दबाईले काम गर्ने बाला छैन , केही समय लम्ब्याउने मात्र हो भन्ने लागेर महंगो नीजी अस्पतालमा किन बस्ने? ” भन्ने सोच वहाँमा आएछ । परिवारले डिस्चार्ज गर्न मान्दैन भन्ठानेर वहाँले हरिमाया र छोरीहरुलाई बाहिर पठाउनु भएको रहेछ ।वहाँलाई विर अस्पताल लगियो र भर्ना गरियो ।
संगत गर्नेहरुलाई थाहा छ प्रत्येक घटनाहरुले जेपीको असाधारण व्यक्तित्वलाई पोखि रहेका हुन्छन ।
वीर अस्पतालमा नीधन हुनु २ दिन अघि १८ चैत्र ०७४ तिर वहाँलाई धेरै गा¥हो भयो । अर्धहोसमा पुग्नुभयो । आइसियुमा लान पर्ने भयो तर आइसियु खाली थिएन । परिवारसंग डक्टरले भन्नुभयो “अर्को विरामीलाई अन्त लगेर पनि वहाँलाई मिलाउँला ”। अर्धचेतमा रहनु भएका जेपीका आखाँ चिम्म थिए, जिब्रो लटपटिएको थियो तर वहाँले डक्टरको त्यो कुरा सुन्नु भएछ । पिल्लिक आँखा हेर्दै भेटवाल रिसाउनु भयो र भन्नु भयो “डक्टरहरुले विरामि माथी समान व्यवहार गर्नु पर्छ । कुनै विमारीलाई हटाएर मलाई नलानु होला । तपाईको नजरमा म र अर्को विरामी एउटै हुनु पर्छ । ” वातावरण गंभिर बन्यो । डाक्टरले भन्नु भयो “जबरजस्ती हटाईदैन । मिलेसम्म मिलाउने हो । ” आफन्तहरुका आँखा रसाए वहाँ बेहोसी तिर जानुभो ।

जेपीको दुखद निधन २१ चैत्र ०७४ का दिन ११ बजे तिर भयो । नीधन हुनुभन्दा दुईतिन दिन अगाडी जेपीले आफ्नो परिवार – श्रीमती हरिमाया र छोरीहरु सिर्जना र संझनासंग आफ्नो निधनको सम्बन्धमा खुलेर आफ्ना कुराहरु निर्देशनात्मक ढंगले राख्नु भयो । यस्ता थिए जेपीका कुराहरु ः अब आफू धेरै दिन नरहने कुरा निश्चितै छ । मेरो निधन पछि मेरो दाहासंस्कार चितवनमा गर्ने कुरा उठन सक्छ किनभने त्यो मेरो कार्यक्षेत्र हो र हजारौँको म प्रति सहानुभूति छ । अन्तिम श्रद्धान्जली दिन खोज्नु स्वभाविक हो । तर तिमिहरु ( श्रीमती र छोरीहरु) को निम्ति र शिर्ष नेताहरुको निम्ति देवघाट पुग्नु धेरै हिसाबले कठिनाई छ । त्यसकारण दाहासंस्कार पशुपतिनाथमै गर्न र काजक्रिया सरल ढंगले पशुपतिमै गर्न उपयुक्त हुन्छ । यसै गर्नु । काजक्रिया धेरै खर्चिलो गर्नु आवश्यक छ्रैन।”

मलाई लाग्छ वहाँको इच्छा अनुरुप नै वहाँको दाहासंस्कार गरियो । नेकपा एमालेको केन्द्रिय कार्यलयमा अन्तिम श्रद्धान्जलीको लागी वहाँको शव ३ घण्टा जति राखियो । थाहा पाउने र संभव हुनेहरु जतिले वहाँको पार्थिव शरिरलाई फूल चढाएर हार्दिक श्रद्धान्जली दिए । २१ गते बेलुका तिर पशुपति आर्यघाटमा जेपीको दाहासंस्कार गरियो । नेकपा एमाले का अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्मा ओलिले पार्टीको झण्डा ओढाई हार्दिक श्रद्धान्जली व्यक्त गर्नु भयो ।

जेपी आफै ८ बर्ष देखी क्यान्सर पीडित हुनुहुन्थ्यो र रोग फैलदै गैरहेको थियो । मानिसहरु भेट्न जान्थे आदरपुर्वक । तर भेट्न जानेहरुलाई नै वहाँले पहिल्यै स्वास्थ्यको खबर सोध्नु हुन्थ्यो र र स्वास्थ्य प्रति राम्र्रो ख्याल राख्न भन्ने गर्नु हुन्थ्यो । छक्क पर्थे मानिसहरु । “मूत्युलाई ठूलो बनाउनु हुन्न जो जहिले पनि मर्न सक्छ यो सामान्य कुरा हो ” बारम्बार भेटवालजीको भनाई यहि रहन्थ्यो । जीउँदो हुँदा मात्र होइन मरेपछि पनि आफ्नो कारणले कसैले दुःख नपाओस भन्ने वहाँको महान भावना दाहासंस्कारप्रति वहाँको दृष्टिकोणले स्पष्ट पार्छ ।

चितवनको टाढीबाट एकपटक राजेन्द्र श्रेष्ठले मलाई फोन गर्नुभयो जे.पीको बारेमा पुस्तक लेख्ने सम्बन्धमा । राजेन्द्रजीको भनाई थियो जेपी एउटा महान मान्छे हो जनताको नेता मात्र होइन असल नेता । वहाँ जस्तो मान्छेको संझनामा कुनै न कुनै एउटा पुस्तक हुनु पर्छ नयाँ पिढीलाई सिकाउन । संझनामा राख्न पनि यो जरुरी छ । जेपीको जीवन अनुकरणीय छ । वहाँको भनाईहरु समेटिएको एउटा पुस्तिका जरुरी छ भन्ने कुरा अन्यन्त्रबाट पनि आए । वहाँवाट पुराना, नयाँ पीढिले सिकुन भन्ने भावनाबाट आएका थिए यी विचारहरु । तर मलाई थाहा थियो जेपी आफ्नो सम्बन्धमा कुनै पुस्तक लेखियोस भन्ने कुरा मनदेखी चाहानु हुन्न । तर मैले यो कुरा साथीहरुलाई भन्न चाहिन ।

मलाई पनि यो होस भन्ने नै लागेको थियो । जेपी भेटवाल मेडिसिटि अस्पताल भर्ना भए को बेला मैले क. मुकुन्द दाहालसंग जेपीको सम्बन्धमा एउटा पुूस्तक तयार गर्ने सम्बन्धमा कुराकानी चलाएँ र यसको महत्व बारे बताएँ । मुकुन्द दाहाल खुसी हुनुभयो र मैले यो काम वहाँलाई नै जिम्मा लगाएँ , जिम्मा लिनु पनि भयो । एकजना भिडियो खिच्ने साथी लिएर मुकुन्द दाहाल मेडिसिटि अस्पताल पुग्नुभयो । अस्पतालमा रहनुभएका आदरणीय जेपीसंग भिज्यूवल अन्तरवार्ता लिने र पुस्तकको प्रस्थान बिन्दु त्यसलाई नै बनाउने भन्ने सोच थियो वहाँको ।

फाल्गुन १७ गतेको २ बजेतिर मुकुन्द दाहालको फोन आयो मेडिसिटि अस्पतालबाट । अस्पतालमा भेटवाल जी लाई भेटेर वहाँको बारेमा एउटा पुस्तिका तयार गर्ने सोच बनाएको कुरा राखेँ । यहि सिलसिलामा तपाईको एउटा अन्तरवार्ता जसले मानिसहरुलाई प्रेरणा जगाओस लिने विचारले आफू अस्पताल आएको कुरा पनि बताएँ । तर भेटवालजीले ज्यान गए मान्नु भएन । यो कुनै जरुरी छैन भन्नुभयो । मुकुन्दजीले फोनमा गर्नु भएका कुराहरु हुन यी ।
मैले भने “ हुन्छ तर कर नगर्नोस । ” यो भन्दा अगाडी पनि खोज पत्रकारितामा चासो राख्ने साथीहरुको एउटा टीम जसको पहल मिलन पाठकले गर्नु भएको थियो भेटवालजीकोमा पुगेको थियो । एउटा राजनीतिक आन्दोलनलाई सेवाको आन्दोलन कसरी बनाउन सकिन्छ ? भन्ने नमुना प्रस्तुतीको एउटा शैक्षिक सामाग्री पस्कने भिडियो बनाउन चाहानुहुन्थ्यो मिलन पाठकहरु भेटवालजीलाई नायक बनाएर । तर भेटवालजीले ठाडैँ अस्वीकार गरेको कुरा मलाई थाहा थियो । मैले कुराकानीको आधारमा थाहा पाएको थिए । मैले कुराकानीको आधारमा थाहा पाएसम्म यस सम्बन्धमा भेटवालजीको दृष्टिकोण यस्तो थियो भेटवालजीकै भाषा र शब्दमा 
यत्रो व्रम्हाण्डमा एकजना व्यक्तिको मूल्यलाई बढाई चढाई गर्नु कुनै आवश्यकता छैन त्यसमा पनि म भेटवाल को हुँ र यत्रो महत्व दिने ? राम्रो काम गरेँ । यो एउटा कर्तव्य हो जो कोहिले गर्नु पर्ने नियमित कर्तव्य । कर्तव्य निर्वाहा गरेको कुरालाई बढाईचढाई प्रचारित गरेर म आफ्नो नाम छर्न चाहान्न । संझनेहरुले संझलान न संझनेहरुले विर्सलान मेरो कुनै गुनासो छैन । मानिसहरुको म फुर्सद देख्दिन। बुद्ध, माक्र्स, गान्धि, माओका कृत्तिहरु, जीवनिहरु त हेर्ने फुर्सद नभएको समाजमा कठैबरा भेटवाललाई कसले पढने ?

त्यसकारण तपाईहरु पुस्तक मार्फत मेरो प्रचार गर्ने झण्झट नगर्नुहोला । यो भेटवालजीको भावनाको अनुवाद हो जो मैले गरेँ । कुरै कुरामा वहाँले एकचोटि होइन पटक पटक मसँग भन्नु भयो “मेरो निधन पछि फेसबुक लगायत कुनै संचार माध्यमबाट म प्रति श्रद्धान्जली व्यक्त नगरिदिनु होला । मेरो निधनलाई साधारण बनाइदिन मेरो अनुरोध छ । ” – एउटा सिन्को बराबरको काम गरेर फेसबुकको तस्वीरमा छाउँदै आनन्द लिने हामीहरुका लागी जेपी भेटवालका यी अभिव्यक्तिहरुले गिज्याउदै जीवन सिखाई रहेका छन ।

मेडिसिटि अस्पतालमा भर्ना भए पछि म पटक पटक वहाँलाई भेटन गएको छ । मानिसहरुको लाम लाग्थ्यो त्यहाँ वरिष्ठ नेताहरु, वरिष्ठ नागरिकदेखी लिएर सर्वसाधारण व्यक्ति र सबै पार्टीका कार्यकर्ताहरुसम्म अस्पतालमा भेटन आउने गर्थे एकजना महिलालाई वहाँले भनेको मैले सुनेँ “नानी तिमी भेटन आइछौँ राम्रै भयो। म घर न फर्कने गरी विदा भएको हुँ सायद एक महिना जति रहन्छु होला , भेटी हाल्यौ अब पटक पटक नआउँदा हुन्छ । तिमीहरुलाई दुख हुन्छ । बेकारमा दुख नगर है । ” म चिन्दिनको हुनुहुन्छ वहाँ महिला तर वहाँ आँसु बगाउदैँ बाहिर निस्किदाँ मैले सोचेँ कति स्पष्ट दिशाबोध छ मृत्युप्रति र अन्तिम कालमा समेत कति चासो छ जनसमुदायको कष्ट प्रति ।

के हामी यो सिक्न सक्दैनौँ ? आफ्नो निधन सुनिश्चित र चाँडै भएको अनुभुति पछि पनि वहाँमा राष्ट्रको जिम्मेवारीप्रति कुनै लापरवाही आएन । क्यान्सरको पीडाभन्दा राष्ट्रप्रतिको जिम्मेवारी बोधको पीडाले वहाँलाई बढता पोलिरहेको जस्तो लाग्थ्यो । त्यहिकारण वहाँको बढता चासो वामपन्थि एकता प्रति थियो । पछिल्लो समय जति पटक भेटदा पनि वहाँ भन्ने गर्न हुन्थ्यो कसोरी हुन्छ वामपन्थि एकता भनौँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) वीचको पार्टी एकता नटुटोस है ,वहाँको स्पष्ट बुझाई थियो दुई पार्टी वीचको एकता खलबलियो भनेँ राष्ट्रमा दुर्गति पैदा हुन्छ ।

“पदको भागबण्डामा नेताहरु राष्ट्रलाई विर्सन बेर लाउदैनन् – दबाब सिर्जना गर्नुहोला ।” पटक पटक हामीलाई भन्नुहुन्थ्यो वहाँ । “सिद्धान्त बाहिर देखाउने कुरा हुन्छ – भीत्रि कुरा पदकै बार्गेनिङ देखिन्छ – कम्युनिष्ट आन्दोलनको यो विकृति ,कार्यकर्ता झुक्याउने खेल अन्त्य हुनु पर्छ है ” यस्तो चिन्ता हुन्थ्यो वहाँलाई । वहाँलाई मृत्यु प्रति कुनै नीजी पिडा थिएन तर जनता र राष्ट्रको लागी साचैँ अरु खटनु पर्ने, खटन सकिएन भन्ने चिन्ता अत्यन्त धेरै थियो । “केदार कमरेड तपाईहरुसँग रहेर धेरै काम गर्ने इच्छा थियो – रहर थियो । चाँडै मर्ने भइयो अरु त केही होइन यहि दुख लागेकोछ ” एक पटक वहाँले मलाई भन्नु भएको थियो ।

चितवन भेटवालजीको मूल कार्यक्षेत्र थियो – ०४३ साल देखीनै जतिबेला वहाँ राष्ट्रिय पंचायतको जनपक्षिय सदस्य हुनुहुन्थ्यो नेकपा (एमाले) को तर्फबाट । बहुदलिय व्यवस्था आए पछि वहाँको निर्वाचन क्षेत्र चितवनको क्षेत्र नं १ प¥यो । त्यहि क्षेत्रबाट वहाँ नेकपा (एमाले) को तर्फवाट सांसद हुनुभयो । “पीडित जनताहरुको सेवा गर ।” वहाँको बैचारिक सूत्र यहि थियो र जीवनभरि रहयो । सिंगो चितवनवासिले जेपी भेटवाललाई आफ्नै अभिभावक बुझे । खासगरी पूर्वी चितवनका जनताहरुको त जेपी भेटवाल झन नजिकैको अभिभावक हुनुहुन्थ्यो । पूर्वी चितवन एउटा बाढी पीडित क्षेत्र जस्तै थियो ।

जेपी नै त्यो व्यक्ति हो जसले पूर्वी चितवनलाई वाढी पीडित मुक्त क्षेत्र बनाउन नेतृत्व प्रदान गर्नु भयो । वहाँको जनमुखी व्यवहारलाई स्वीसले विश्वास ग¥यो । पूर्वी चितवनलाई वाढीबाट मुक्त गर्न जनसहभागितामा स्वीसको सहयोगमा जुन तटबन्धन गरियो र क्षेत्र वाढी मुक्त भयो – जेपीको अमूल्य योगदानको एउटा यो नमुना नै हो । “तटबन्धनको लागी जन परिचालन” जेपी ले अभियान नै चलाउनु भयो । कार्यक्षेत्रहरुमा पुग्न र जनतालाई झक झकाउन वहाँलाई क्यान्सरले कहि छेक्न सकेन । केमो चढाएको दोश्रो दिन भण्डाराको दक्षिण मा पर्ने तटबन्धनको एउटा क्षेत्रमा काम गरिरहेका मान्छेहरुलाई संबोधन गर्दा कुनै एकदिन म पनि संगै थिएँ । वहाँको सम्बोधनले मान्छेहरु रोए तर वहाँ निर्भय बोलि रहनु भयो ।

यस्तो थियो संबोधन 
“प्रिय साथीहरु ¤ स्वीसहरुले हामी माथी विश्वास गरेर वाढी नियन्त्रणको लागी यति ठूलो सहयोग गरेका छन – तपाईहरु तटबन्धनको लागी श्रमदान गरिरहनु भएको छ यो तटबन्धन पुरा भए पछि पूर्वी चितवन वाढी मुक्त बन्नेछ र हामी सुन फल्ने भूमिको सुरक्षित बासिन्दा हुनेछौँ । तपाईहरु अल्छि नगरिकन, दायाँ बायाँ नगरिकन खट्नु होला । यो सब तपाईहरुकै लागी हो । जहाँसम्म मेरो आफ्नो सबाल छ म अब चाँडै मर्दैछु र अर्को बर्ष तपाईहरुसंग नहुन पनि सक्छु । त्यसपछिका दिनहरुमा तपाईहरुले जेपी भेटवाललाई कहिल्यै देख्नु हुने छैन। कृपया यो काम जेपी भेटवालको काम नठानि दिनुहोला । सास छउन्जेल तपाईहरुको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएको खातिर म यहाँ उभिएको छु र उभिरहन्छु । ” मलाई ज्यादै नमिठो लाग्यो । मान्छेहरु भावविव्हल भए – आँखामा आँशु देखियो मान्छेहरुको । दावा लामाले टिप्पणि गर्नु भयो – “मन हुँडलिएर आँउछकस्तो मान्छे होला यो भेटवाल 

जनता, जनता र जनता भेटवालजीको मूल मंन्त्र थियो । कहिलेकाँहि वहाँ हामीलाई व्यंग गर्नु हुन्थ्यो “तपाईहरु सिद्धान्तका ठूला गफ गर्नु हुन्छ तर आँखै अगाडी भोकले, रोगले, प्रकृतिक प्रकोपले रोइरहेको मान्छे देख्न हुन्न , के को लागी हो तपाईहरुको त्यो महान सिद्धान्त ?? जनताका दैनिकि कस्टमा तपाईहरुले सघाउनु पर्दैन ? ” यस्ता हुन्थे भेटवालजीका प्रश्नहरु । आफ्नो परिवारलाई कहिल्यै दिक्क नलाग्ने गरी वहाँले प्रशिक्षित गर्नु भएको थियो । श्रीमती हरिमाया , छोरा प्रकाश र छोरीहरु सिर्जना र संझना यिनै हुन वहाँका परिवारका सदस्यहरु । भेटवालजीको कारण घरमा मान्छेहरुको ओइरो दशकौँ देखी कहिल्यै टुटेन तर यो परिवारको मुख कहिल्यै अँध्यारो भएन । मान्छेहरु आउँदा, त्यसबाट पुग्ने पारिवारिक कठिनाई नीजि आकाँक्षाको क्षतिलाई यो परिवारले अनुभुति नै गरेन । सेवा संस्कृति बन्यो परिवारको । प्रकाश, सिर्जना र संझनाहरु पार्टीका छोराछोरीहरु जस्तै भए । हरिमाया पार्टीको भाउजु जस्तै हुनुभयो । राजनीतिक कर्मिहरु सामाजिक आन्दोलनमा जोडिएनन् भने ती रुखा, अव्यवहारिक र जनताबाट टाढा हुन्छन भन्ने मान्यता थियो वहाँको ।

वहाँ आफै कुनै न कुनै सामाजिक आन्दोलनमा जोडिएको व्यक्तित्व पनि हुनुहुन्थ्यो । ३ वर्ष अगाडी मैले वहाँलाई दिव्य सेवा निकेतन जेष्ठ नागरिक आश्रयस्थल नामको एउटा सेवामुलक सामाजिक संस्थासंग परिचय गराएँ जुन संस्थाले जेष्ठ नागरिकहरुलाई लालन पालन समेत गर्दछ । हेटौडा रातोमाटेमा रहेको आश्रयस्थलको वहाँले अवलोकन गर्नभयो र ज्यादै प्रभावित हुनुभयो । म आफै पनि यो काममा सामेल हुन चाहान्छु वहाँले इच्छा व्यक्त गर्नु भयो । हामीले वहाँलाई संस्थाको सल्लाहकार बनायौँ । चितवनमा वहाँले आफ्नै घरमा मनले खाएका साथीहरुको एउटा बैठक बोलाउनु भयो त्यसमा सामेल हुनुहुन्थ्यो – दाबा लामा, तेजराज सेढाईँ, रामशरण पाण्डे, राजेन्द्र श्रेष्ठ आदि । आज भोलि मानिसहरु लाभ र शक्ति प्राप्त नहुने सेवाका कामहरुमा लाग्न त्यति रुचि राख्दैनन । शक्तिका पछि र लोभका पछि नदौडने थोरै मान्छेहरु मात्र यस्तो काममा लाग्न चाहान्छन ।

तपाईहरुलाई मैले विश्वास गरेर बोलाएको छु तपाईहरुको योगदान सामाजिक सेवामा पनि होस । भेटवालजीले यसो भन्दै दिव्य सेवा नामक संस्थाको वृहत परिचय गराउनु भयो । त्यति मात्र होइन चितवनमा दिव्यसेवा निकेतन सहयोग समिति निर्माण गर्नुभयो आफ्नै अध्यक्षतामा तेजराज सेढाई सचिव चुनिनुभयो। प्रति वर्ष १५ क्युइन्टल चामल जेष्ठ नागरिक आश्रमलाई सहयोग गर्ने निर्णय पनि भयो । भेटवालजीको यो भावना र कदमले संस्थालाई धेरै माथी उठाउन मद्दत ग¥यो । सल्लाहकारको हैसियतले वहाँले संस्थालाई सास छउँन्जेल सहयोग गरि रहनु भयो । संस्थाका ७७ वर्षिय अध्यक्ष टिआर निरौला, संरक्षिका सुनिता भट्ट, प्रविण भट्ट सधै भन्नु हुन्छ यस्तो महान मान्छे हामीले पहिलो पटक देख्यौँ ।

चितवन भण्डारामा रहेको जेपी भेटवालको त्यो घर जहाँ हामी भूमिगत राजनीतिक गतिविधि ग¥थ्यौँ ।

जेपी भेटवालसंग मेरो संगत २०३६ सालबाट शुरु भयो जब म नेकपा (माले) (तत्कालिन) को कार्यकर्ताको हैसियतले चितवन जिल्ला पार्टी कामको जिम्मा लिएर चितवन पुगेँ । म भूमिगत थिएँ र पार्टीको सचिव थिएँ । चितवन जिल्लाका पार्टीका धेरै भूमिगत आश्रयस्थलहरु मध्ये पूर्वी चितवनको भण्डाराको जंगल किनारामा अवस्थित भेटवालजीको फुसको त्यो घर सुरक्षित आश्रयस्थल थियो । पार्टीको भूमिगत कार्यलय बनेको त्यो घरमा हामी भूमिगत कार्यकर्ताहरु आश्रय लिन्थ्यौँ र पार्टीका गतिविधिहरु संचालन ग¥थ्यौँ । जेपीका सबै दाजुभाइहरु पार्टी प्रति बफादार हुनुहुन्थ्यो । हरिमाया लगायत भाउजुहरुले त्यो बेलादेखिनै हामीलाई खाना बनाएर खुवाउनु मात्र भएन सुरक्षित देखभाल गर्नुभयो । जेपी भेटवाल काठमाण्डौ बस्न हुन्थ्यो । नौलो साहित्य नामक पत्रिका चलाउनु हुन्थ्यो । बेला बेलामा भण्डारा घरमा आइ रहनु हुन्थ्यो र परिवारलाई पार्टी र आश्रयस्थलको महत्वबारे प्रशिक्षित गर्नु हुन्थ्यो। साथीहरुको देखभाल राम्रो गर्नु, गोपनियता बचाउनु, कहिल्यै झर्को नमान्नु । वहाँले परिवारमा सिकाउने कुरा यिनै थिए। आएको बेला पुरै गाउँहरु घुम्नु हुन्थ्यो साथीभाईहरुलाई सक्रिय भएर पार्टीमा लाग्न प्रेरित गर्नुहुन्थ्यो । सिर्जना, संझना र प्रकाश साना थिए : हामी पढन सिकाउथ्यौँ, हामीसंग रमाउथे । गोपनियता कहिँ खोल्दैनथे । समय क्रममा त्यो घर पार्टीको आफ्नै घर जस्तै बन्यो । अहिलेसम्म उभिएको छ त्यो घर हाम्रो साक्षी बनेर ।

आफ्नो पहलमा भएको तटबन्धन देखाएर हामीलाई विदाई गर्दै भेटवालजी

०४३ सालमा पार्टीले पंचायति चुनावलाई उपयोग गर्दै लोकतान्त्रिक आन्दोलनलाई टेवा पु¥याउने नीति लियो । नीति अनुरुप त्यो बेला भएको राष्ट्रिय पंचायतको चुनावमा पार्टीले सहभागिता जनायो। चितवन जिल्लाबाट २९ बैशाख ०४३ मा हुने राष्ट्रिय पंचायतको चुनावमा पार्टीले कसलाई उठाउने भन्ने प्रश्न थियो । मैले पार्टीको जिल्ला कमिटिमा जेपि भेटवाललाई उठाउने प्रस्ताव राखेँ । प्रस्ताव पारित भयो । जेपीलाई उठाउने नीधो भयो । तर जेपीसंग कुरै भएको थिएन । म काठमाण्डौँ गएँ र पार्टीको प्रस्ताव जेपीलाई सुनाएँ ।

शुरुमा जेपी मान्नु भएन । अरु राम्रो काम गरेका त्यागी साथीहरुलाई उठाउनुस भन्ने वहाँको मनसाय थियो । पछि मान्नु भयो । मानन्धर समुहका भीम बहादुर श्रेष्ठसंग चुनावी मोर्चा भयो । जेपी भेटवालको उमेदवारीले लहर पैदा ग¥यो जनमानसमा । पार्टीको संगठन सानो थियो तर चुस्त दुरुस्त थियो । चुस्त दुरुस्त संगठन, उपयुक्त योजना, लोकप्रिय उमेदवारीको कारण पहलकदमी शुरुदेखी नै हाम्रो हातमा रहयो । १ फागुन देखी २५ वैशाख ०४३ सम्ममा ६०० वटा सन्साना सभाहरु र ४६ वटा ठूला सभा भए । साँस्कृतिक कार्यक्रम कहिँ टुटेन । बैशाख २१ मा भएको भण्डाराको आमसभा र बैशाख २५ मा भएको नारायणगढ क्याम्पाचौरको आमसभा निर्णायक सभा थिए जहाँ जेपी भेटवालको उपस्थिति र संबोधनले जनमत नेकपा माले को पक्षमा ओइरियो । परिणामले देखायो जेपी भेटवाल सबभन्दा धेरै मतले विजयी हुनु भयो । चितवन जिल्लामा नेकपा माले पहिलो पार्टी को रुपमा स्थापित भयो ।

भण्डाराको घरमा जेपी भेटवाल जहाँ हामी सिकिस्त बिमारी भएको बेला भेट्न गएका थियौँ ।

यसरी शुरु भएको जेपीको राजनीतिक यात्रा विश्राम नलिइकन, घुँडा नटेकिकन, कहिल्यै नथाकिकन, कहिल्यै विचलित न भैकन, जनताप्रतिको जवाफदेहितालाई एकपल नविर्सिकन २१ चेत्र ०७४ को अन्तिम पलको सास बाकीँ रहँुँन्जेलसम्म कायम रहयो । पदिय हिसाबले वहाँ पार्टीको केन्द्रिय लेखा आयोगको सदस्य र पूर्व सांसद हुनुहुन्थ्यो तर भावानात्मक हिसाबले जनताप्रतिको प्रेम र समर्पणको हिसाबले हामी सबैभन्दा माथी हुनुहुन्थ्यो ।

०३६ सालदेखि जोडिएको मेरो आफ्नो सम्बन्ध कुनै दिन पनि चुडिएन । असाधारण व्यक्तित्व भएको प्रिय साथी जेपी हाम्रो लागी सिक्ने एउटा अदभुत पाठशाला हुनुहुन्थ्यो तर हामीले सिक्न सकेनौँ जस्तो लाग्छ । देहवसान पछि वहाँलाई फूल चढाउने हामी जति लालायित भयौँ जीउँदो हुँदा सिक्न त्यति लालायित भएनौँ भन्ने ठान्छु अहिले । जतिवेलादेखी मेरो हातमा फोन प¥यो त्यहि वेलादेखी विहान ठिक ५ बजे फोनको घण्टी बज्थ्यो र त्यो फोन जेपीको हुन्थ्यो । हामी सुख, दुखका कुराहरु दिल खोलेर ग¥थ्यौँ । नीधन हुनु केहि दिन अघि मात्र यो क्रम टुट्यो । मलाई थाहा छ विहान ५ बजे अबदेखी कहिल्यै पनि जेपीको घण्टी बज्नेछ्रैन त्यो प्रिय फोननं ९८५५०५५७११ — अब जेपीको स्वरमा आउनेछै्रन । तर म प्रण गर्छु र सबैलाई प्रण गर्न अपिल गर्छु हामी जेपीबाट सिकि रहँु ।