हेटौँडा,१९, जेठ ।
प्रदेश नंबर ३ सरकारले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश नंबर ३ कि प्रमुख अनुराधा कोइराला तथा मुख्यमन्त्री डोरमणी पौडेलले संयुक्त रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश नंबर ३ को नीति तथा कार्यक्रमलाई सबैले चासोको साथमा हेरेका थिए । प्रदेशको राजधानीको विषयमा अलमल भएको अवस्थामा नीति तथा कार्यक्रमले कस्तो विषयलाई प्राथमिकता देला, प्रदेशको स्थायी राजधानीको लागि आवश्यक पुर्वाधारको विषयमा केहि गहन पक्ष उठान होला या नहोला भन्ने विषय सबैको चासोको विषयको रुपमा रहेको अवस्थामा सार्वजनिक भएको नीति तथा कार्यक्रमले मकवानपुरलाई समग्रमा फाईदा पुगेको देखिन्छ भने प्रदेशको राजधानीको लागि पनि सहज भएको अनुमान गरिएको छ ।

नीति तथा कार्यक्रमले केन्द्रीय राजधानीबाट नजिक हुनको लागि पोष्टबहादुर वोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणसँगै राजधानी हेटौँडा जोडन प्रदेश नंबर ३ को सबै जिल्ला सामेल भएको चक्रपथ निर्माण गर्नेगरि योजना निर्माण बनाएपछि यसले मकवानपुरलाई फाईदा भएको हो ।

सुरुङमार्गलाई प्रदेशको गौरवको रुपमा अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख भएसँगै वर्षौबाट सुरुङमार्गको सपना बोकेका मकवानपुरेहरु हर्षित भएका छन् ।
मकवानपुरमा कमजोर पाटोको रुपमा रहेको स्वास्थ्य क्षेत्रलाई पनि नीति तथा कार्यक्रमले विषेश महत्वको साथमा अघि बढाउन खोजेको छ । नीति तथा कार्यक्रममा मकवानपुरको हेटौँडा अस्पतालाई राष्ट्रिय स्तरको बनाउने गरि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने प्रदेश सरकारले योजना बनाएको छ ।

आज सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको ७९ नंबरमा हेटौँडा अस्पतालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने बताईएको छ ।
मकवानपुरको हेटौँडामा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानप्रति पनि नीति तथा कार्यक्रमको ध्यान गएको छ । यहा रहेको प्रतिष्ठानलाई राष्ट्रिय रुपमानै खेल हब बनाउने गरि प्रदेश सरकारले बजेट समेत विनियोजन गर्ने बताईएको छ । यसरी नीति तथा कार्यक्रममा समेत मकवानपुर उच्च प्राथमिकतामा परेको देखिएको छ ।

नीति तथा कार्यक्रमले मकवानपुरलाई विशेष महत्व दिएको अवस्थाम अब मकवानपुरमा स्थायी राजधानी कायम गर्नको लागि समेत थप बल मिलेको यहाका राजनीतिक विश्लेषकहरुको दाबी रहेको छ ।