
१७ जेठ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले काम नगर्ने ठेकेदारको नाम र फोटो छाप्न पत्रकारलाई आग्रह गरेका छन् । निर्माणको जिम्मा लिने तर समयमै काम नसक्ने ठेकेदारहरुलाई सार्वजनिक गर्न गृहमन्त्री थापाले पत्रकारहरुलाई आग्रह गरेका हुन् ।
चितवनको सौराहामा बिहीबार नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलाको उद्घाटन गर्दै मन्त्री थापाले तस्कर र भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेसन चलाउने बताए । काम नगर्ने ठेकेदार तस्कर भएको बताउँदै उनले यस्ता ठेकेदारका कारणले देशको समृद्धिमा बाधा पुग्ने समेत बताए ।
विकास र समृद्धिको पक्षमा इमान्दारीपूर्वक काम गर्ने ठेकेदारहरुलाई भने नायकको रुपमा अगाडि ल्याउन आवश्यक भएको बताए । अहिले पनि देशमा अस्थिरता ल्याउने, नेपाली जनताको शान्तिको चाहनालाई खलबलाउने काम भैरहेको भन्दै उनले उनीहरुविरुद्ध सरकारले कदम उठाउने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।