१६ जेठ – बलिउडका प्रसिद्ध फेशन डिजाइनर मनीष मल्होत्राको व्यक्तिगत जीवनका सम्बन्धमा रमाइलो खबर आएको छ । मनीषले हालै फिल्ममेकर करण जोहरका साथ सम्बन्ध रहेको कन्फर्म गरेका छन् ।

केही वर्षपछि यी दुई कपल रहेको हल्ला चल्ने गर्थ्यो । उनीहरू पार्टीमा प्रायः सँगै देखिन्थे । तर उनीहरूले कहिले पनि आफ्नो यौनिकताका बारेमा खुलेर कुरा गरेनन् । करणले भने अप्रत्यक्ष रूपमा यसको हिन्ट दिने गरेका छन् ।

केही दिनअघि मनीषले ट्विटरमा अकाउन्टमा करणलाई जन्मदिनको शुभकामना दिए । उक्त पोस्टमा उनले करनसँग २५ वर्षदेखि सम्बन्ध रहेको बताए ।

उक्त पोस्टमा एक प्रयोगकर्ताले कमेन्ट गरे, ‘तपाईंहरू दुईजना क्युट जोडी हुनुहुन्छ ।’ मनीषले उक्त कमेन्टलाई लाइक गरे ।

यसैलाई मानिसहरूले करण र मनीषबीचको सम्बन्धको कन्फर्मेसनका रूपमा माने ।

यसैबीच करणले यो पोस्टमा कमेन्ट गरे, ‘मनीष १ धेरैधेरै माया । हामीबीचका धेरै दशकहरूलाई प्रेम ।’

अनि मनीषले त्यो कमेन्टको जवाफमा लेखे, ‘जन्मदिनको शुभकामना अनि आगामी धेरै वर्षका लागि पनि शुभकामना । न्युयोर्कमा रमाइलो गर अनि मलाई त्यहाँ मिस गर ।’

त्यसपछि त यी दुईबीचको अफेयर कन्फर्म भएको मानियो । तर मनीषलाई यसबारेमा प्रश्न गर्दा उनी खुबै रिसाए ।

-एजेन्सी