जेठ १२,धनुषामा एक बालिकामाथि सामूहिक बलात्कारको घटना एक महिनापछि  सार्वजनिक भएको छ । धनुषाको बटेश्वर गाउँपालिका –२, राजपुरमा गएको वैशाख १० गते एक विवाह समारोहमा राति १४ वर्षकी बालिकामाथि सामूहिक बालत्कारको घटना भएको थियो ।

 

पीडितका अनुसार घटनाको भिडियो बनाए संलग्नहरुले कसैलाई बताए घरपरिवार सबैलाई ज्यान मार्ने र भिडियो समाजिक सञ्जालमा हालिदिने चेतावनी दिएका थिए । डरले पीडीत पक्ष घटना लुकाउन गुपचुप बसेका थिए । तर पछि समाजिक सञ्जाल फेसबुकमै सामूहिक बलात्कारको भिडियो नै सार्वजनिक भएपछि एक महिनापश्चात पीडित पक्षले जेठ ११ गते शुक्रबार इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा चार जनाविरुद्ध उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

 

पीडित पक्षको उजुरीको आधारमा प्रहरीे भंगहा नगरपालिका ५ बस्ने किसुन महतोलाई शुक्रबार पक्राउ गरेको छ । घटनामा संलग्न अन्य अभियुक्तहरु फरार रहेको र तिनीहरुको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक नरेश सिंहले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो ।

 

पीडितका अनुसा आफू विवाह समारोहमा स्वयम्बर हेर्न गएको बेला त्यहाँ विवाद चुलिएपछि भागाभाग भएको र आफू एक्लै परेपछि दुई–तीन जना केटाहरुले समातेर चौरमा लगी अरु केटाहरु बोलाएर बलात्कारसँगै भिडियो बनाएका थिए ।  #उज्यालो बाट