१२ जेठ,धनगढीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।शुक्रबार राति गोदावरी नगरपालिका–९ पुल नजिकै महाकाली यातायातको ना ५ ख ५१०० नंम्बरको बस र से १ प ४४६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

 

मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकको शव सेती अञ्चल अस्पतालको शव गृहमा राखिएको छ भने बस तथा बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।