शान्ति प्रियवन्दना

रातिदेखि नै झमझम पानी परेको थियो। रीनालाई बिहान संस्थाको बोर्ड मिटिङ ज्वाइन गर्नुु थियो। छातासमेत नभएकाले उनलाई समयमा मिटिङमा कसरी पुुग्ने तनाव थियो। संस्थाका अध्यक्षले फोन गरेर उनलाई लिन आउने बताए।

अध्यक्षको गाडी आएपछि रीना अगाडिको सिटमा बसिन्। गाडी पुुनः अध्यक्षको घरतिर मोडियो। घरको बरन्डामा ओत लागेर अध्यक्षकी श्रीमती बाटो हेर्दै रहिछन्। गाडी रोकिने बितिक्कै रीना बसिरहेको अगाडिको सिटबाट ओर्लिएर पछाडिको सिटमा अनि अध्यक्षकी श्रीमती अगाडिको सिटमा बसिन्। रीनाले भाउजू नमस्कार भनिन् तर उनले नमस्कारको जवाफ फर्काइनन्। रीनाले असजिलो महसुुस गरिन्। अध्यक्षकी श्रीमतीको कार्यालय पुुग्न बाटो पाँच मिनेट जतिको मात्र थियो। उनले श्रीमतीलाई के के सोधिरहे तर उनले केही जवाफ दिइनन्। उनको कार्यालयअगाडि पुुगेर गाडी रोकियो। अध्यक्षले बाई भने। तर, श्रीमतीको कुुनै रेस्पोन्सबिना फटाफट अफिसतिर लागिन्।

मिटिङ भयो तर त्यो दिनभर रीनालाई नरमाइलो लागिरह्यो। साह्रै उकुुसमुुकुुस भएपछि उनले केही हल्का भइन्छ भन्ने सोचेर बिहानको घटना एकजना छिमेकी दिदीसँग भनिन्। छिमेकी दिदीले झन् नुुनचुुक दलिन्, ‘मैले त तपाईंलाई पहिल्यैदेखि भन्दै आइरहेकै त हो नि। अर्काको लोग्नेसँग त्यसरी नहिँड्नुु भनेर।’

अध्यक्षकी श्रीमतीको त्यस्तो व्यवहारले रीनाको मन दुुखिरहेकै थियो। अझ छिमेकी दिदीको कुुराले आहत बनायो। बेलुुका खाना रुचेन। निद्रा पटक्कै लागेन। रातको पहिलो प्रहर बितिसकेको हुुँदो हो। गरौं नगरौंको दोसाँधमा उनले एकजना नजिकको साथीलाई फोन गरिन्। दिनभरिको घटना बेलीबिस्तार लगाइन्। रीनाको कुुरा ध्यानपूर्वक सुुनिसकेपछि उनको साथीले रीनालाई सम्झाउँदै भनिन्, ‘हेर तँ राम्रो ठाउँमा जागिरे खान्छेस्, मनग्य कमाउँछेस्। तँसँग सबै कुुरा छ, मात्र एउटै लोग्ने छैन। त्यसैले उनीजस्तै धेरै स्वास्नी मान्छेहरूले तँसँग असुुरक्षित महसुुस गर्नुु ठुुलो कुुरा हैन।’

रीनाका श्रीमान्को पाँच वर्षअगाडि दुुर्घटनामा मृत्युु भएको थियो। उनले एकल जीवन बिताउन थालेको थिइन्। त्यसैले परिवार, आफन्त, छरछिमेक सबैको नजरको तारो भएकी थिइन्। साथीले भन्दै गइन्, ‘हेर, तैँले एक्लो जीवन बिताउन थालेको धेरै भएको छैन। त्यसैले यो कुुराले तँलाई नराम्रो लागेको हो। पछि मलाईजस्तै तँलाई पनि आदत पर्छ।’ साथीको कुुराले रीनालाई राहत दियो। त्यसपछि उनले अध्यक्ष पत्नीको व्यवहारलाई सामान्य रूपमा लिइन्।

त्यस्तै अर्को घटना। एक दिन प्रतिभा अफिसबाट फर्कंदै थिइन्। उनको घरतर्फ मोडिने चोकमा मान्छेहरूको भीड थियो। दुुई महिला एकापसमा बाझ्दै थिए। दुुईमध्ये एकलाई उनले चिनेको थिइन्। प्रतिभा उनलाई दिदी भन्थिन्। तीन वर्षअगाडि उनको श्रीमान्को जन्डिसले मृत्युुुु भएको थियो। तीन सन्तान पाल्न होटल चलाउँदै आएको थिइन्। त्यो दिन तिनै दिदीमाथि अर्को एक महिला आफ्नो श्रीमान्सँग नाजायज सम्बन्ध भएको आरोप लगाउँदै भन्दै थिइन्, ‘चोकमा भट्टी थापेर अर्काको घरबार बिगार्ने ? ’

रीना र होटल व्यवसाय गर्ने ती दिदी मात्र हैन, हाम्रो समाजमा त्यस्ता धेरै दिदीबहिनी छन्, जो एकल भएकै कारण अन्य महिलाबाट लगाइने विभिन्न किसिमका लाञ्छना सहँदै मनोसामाजिक समस्या बोकेर जीवन बिताउन बाध्य छन्।

सम्बन्ध बिच्छेद, सम्पत्तिको अंशबन्डा गरी अलग बस्न मञ्जुुर या पतिको मृत्युु भएर विवाहित महिला एकल हुुन पुुग्छन्। हाम्रो समाजमा ३५ वर्ष उमेर पुुगेका अविवाहित महिलालाई पनि एकलको संज्ञा दिइन्छ। एकल हुुनुु कुुनै अभिसाप होइन, नियति पनि हैन। अप्ठ्यारो अवश्य हुुन्छ तर एकल हुुँदैमा प्रगतिका तमाम बाटाहरू बन्द हुुँदै जान्छन् भन्ने छैन। एकल हुुनुु (विधवा वा विधुुर) नियमितता हो; जो सबैको जीवनमा एक न एक दिन आइपर्छ।

एकल भइसकेको अवस्थामा विभिन्न किसिमका कठिनाइ आइपर्छन्। पैतृक सम्पत्तिको प्राप्ति, छोराछोरीको पालनपोषण, आफ्नै स्वाभिमानको जगेर्ना, बदलिँदो परिस्थितिसँग लड्दै आयआर्जनको चाँजोपाँजो मिलाउनुुजस्ता कुुराहरू वास्तवमा शोकलाई शक्तिमा बदल्ने प्रक्रिया हुुन्। आजकै सन्दर्भको कुुरो गर्दा महिलाहरूको पक्षमा कानुुनी सहजता पर्याप्त छ। तर पनि त्यसअनुुसारको सामाजिक सोचमा ठोस परिवर्तन नआइसकेको अवस्था छ।

एकल महिला आर्थिक उपार्जनको क्षेत्रमा लागेर आफैं मात्र स्वरोजगार बनेका छैनन्, अरूलाई रोजगारी दिन पनि सफल भएका छन्। विभिन्न क्षेत्रमा करिअर बनाएका छन्।

श्रीमानको मृत्युुपछि वा पारपाचुुके गरेर केही एकल महिलाले अंशसमेत नलिई आफ्नै पौरखले गरी खाएको उदाहरण हाम्रो समाजमा प्रशस्त छन्। एकल महिलाहरूले श्रीमान्को सम्पत्ति सजिलै प्राप्त गर्नुु पनि ठूलो परीक्षा पार गर्नुु हो। ठूलो परीक्षा पार गर्नेहरूले सम्पत्ति प्राप्त मात्र गरेका छैनन्; आफ्नै विवेकले राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा समेत कदम बढाई व्यक्तित्व विकास गर्न सफल भएका छन्। आर्थिक उपार्जनको क्षेत्रमा लागेर आफैं मात्र स्वरोजगार बनेका छैनन्, अरूलाई रोजगारी दिन पनि सफल भएका छन्। विभिन्न क्षेत्रमा करिअर बनाएका छन्।

भनाइ नै छ, शोकलाई शक्तिमा बदल्न सक्ने हो भने सम्भावनाका अनेकौं बाटा खुुल्न सक्छन्। खुुलेका ती बाटा प्रगतिको शिखरसम्म पनि पुुग्न सक्छन्। तर, तिनै सफलताका आयामहरू समाजका अन्य केही विवाहित महिलाहरूको टाउको दुुखाइका कारणसमेत बन्न पुुगेका छन्।

केही महिला आफ्नो श्रीमान् कुुनै एकल महिलासँग बोलेको, नजिक भएको र सहयोग गरेको देख्न चाहँदैनन्। ससुुरा र जेठाजुुले बुुहारीलाई, देवरले भाउजूलाई, भिनाजुुले सालीलाई, एउटा पुुरुष साथीले अर्को एकल महिला साथीलाई कुुनै पनि सहयोग गर्दा अझ भन्नुुपर्दा आर्थिक सहयोग गर्दा श्रीमतीसँग लुुकाएर गरेका उदाहरणहरू हामीसँग प्रशस्त छन्।

यी त भए सामान्य एकल महिलालाई गर्ने सामान्य सहयोगका कुुराहरू। यसको अर्को पाटो हेर्दा आर्थिक रूपमा सबल भएर समाजमा आफ्नो छुुट्टै पहिचान बनाएका एकल महिलासँग अन्य विवाहित महिलाहरू असुुरक्षित महसुुस गरिरहेका पनि हामी देख्न सक्छौं। उनीहरूको मनमस्तिष्कमा त्यस्ता एकल महिलाहरू हरेक किसिमका सुुखसुुविधाले सम्पन्न भए पनि यौनको अभावमा त्यसको भोका हुुन्छन् र यौनकुुण्ठा पालेर बसेका हुुन्छन् भन्ने मानसिकताले जरा गाडेको हुुन्छ। कतै आफ्नै श्रीमान्सँग यौनसम्बन्ध रहने या अर्की श्रीमती बनेर भित्रिने त हैन भन्ने भयले हमेसा उनीहरूको मुुटुु हल्लाइरहेको हुुन्छ। यही कारणले पनि एकलप्रति हेर्ने दृष्टिकोणमा फेरबदल आउन नसकेको हो।

देशको कानुुन, मुुलुुकी ऐनमा जे लेखिए पनि नेपाली महिलाको स्थिति आज पनि मर्दका दसौटीभन्दा माथि उठ्न सकेको छैन। अशिक्षा, सीपमूलक प्राविधिक ज्ञानको कमीजस्ता कुुराले महिलालाई सधैं संशयमा बस्नुुपर्ने अवस्था छ। त्यसमाथि पनि सन्तान हुुर्काउने जिम्मेवारी महिलाको काँधमा हुुन्छ। तिनै सन्तान हुुर्काउन कतिपय महिलाले आफ्नो शिक्षा, करिअर आदि बलिदान दिनुुपर्ने हुुन्छ। यिनै कारण बालबच्चा हुुर्किएसँगै पुुरुषको तुुलनामा महिला पछि पर्छन्।

अशिक्षा तथा सीपको अभाव आफैंमा पराधीनता हो। कैयौं पुुरुषले सम्पत्तिको लोभमा पहिलो श्रीमतीलाई छोडपत्र दिएर एकल महिलासँग घरजम गरेर बसेका थुुप्रै घटना देख्न सकिन्छ। यस्ता घटना सामाजिक अपराध मात्र होइन, नैतिकताको पराकाष्ठासमेत हो। घटना घटेपछि कारबाही त होला तर पनि त्यसैको कारणले बनिबनाउ संसार उजाडिने आशंका सधैं रहन्छ। यद्यपि संशोधित मुुलुुकी ऐनले घरमा श्रीमती रहँदारहँदैको अवस्थामा गरेको अर्को विवाह स्वतः रद्द हुुने किटान गरेको छ।

आपत्विपत्मा सघाउनुु, आ श्रय दिनुु र बाटो देखाउनुु हाम्रो सामाजिक परम्परा हो। समाज कानुुनले मात्र चल्दैन; नैतिकता, सामाजिक दायित्व र कर्तव्यको सिमानाभित्र पनि बाँधिनुुपर्ने हुुन्छ। अन्य महिलाले एकल महिलालाई नयाँ जीवनको गोरेटो तय गर्न सहयोग पुु¥याउने र एकलहरूले पनि अन्यलाई सुुसंस्कृत समाजको रूपरेखा कोर्न हातेमालो गर्ने समय आएको छ, यो हैन कि यो समय भनेको जोगीदेखि भैंसी र भैंसीदेखि जोगी डराउने समय हो।

अन्नपूर्ण पोष्टबाट साभार गरिएको सामग्री