हेटौँडा,११, जेठ ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरुमाथि मकवानपुर प्रहरीले कडा निगरानी सुरु गरेको छ । शान्तिसुरक्षाको विषय सबैभन्दा महत्वपूर्ण र गम्भिर रहेको भन्दै प्रहरीले मकवानपुरमा विप्लवका कार्यकर्तामाथि कडा निगरानी बढाएको हो ।

प्रहरीले आर्थिक वर्ष २०७४÷०७५ को हालसम्म १५ जनालाई पक्राउ गरेको छ । उनीहरुमध्ये २ जना पुर्पक्षको लागि थुनामा गएका छन भने २ जनाको अनुसम्न्धा भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले गतवर्षको मंसिरबाट विप्लव कार्यकर्तामाथि कडा निगरानी बढाएको हो । प्रहरीले २०७४ साल मंसिरमा हेटौँडा १६ वाट रामहरी खनाललाई पक्राउ गरेको थियो । उनलाई सार्वजनिक अपराधको मुद्धामा २ हजार धरौटीमा मंसिर महिनामानै रिहाई गरिएको थियो ।

प्रहरीले मंरिरमानै मनहरी गाउँपालिका ३ हाँडिखोलाबाट सोनाम लामा, हेटौँडा ८ बाट रोमबहादुर घताने, राक्सीराङ ९ बाट सूर्य अर्याल, हेटौँडा ४ बाट भीमप्रसाद गौतम, मकवानपुरगढी २ बाट राजकुमार मुक्तान, गौतम लामालाई पक्राउ गरि सोहि महिनामा धरौटीमा रिहाई गरेको हो ।

प्रहरीले पुस महिनामा बकैया ४ बाट प्रल्हाद गौतम, कैलाश ७ बाट ठाकुर थिङ तथा हेनपा ११ बाट राजकुमार कुँबरलाई पक्राउ गरि धरौटिमा रिहाई गरेको थियो । प्रहरीले २०७५ सालको बैशाखर र जेठमा गरि हालसम्म ५ जनालाई पक्राउ गरिसकेको छ ।

 

प्रहरीले दिएको तथ्याङ्क अनुसार बैशाख महिनामा मनहरी ३ का इमानसिंह थिङ, र रामबहादुर घलानलाई पक्राउ गरिएको थियो । उनीहरु हाल पुर्पक्षको लागि थुनामा रहेका छन् । त्यस्तै हेटौँडा ८ का टुंगनाथ तिमल्सिना, मनहरी २ का देबबहादुर थिङ तथम वागमती गाउँपालिका ६ का धनबहादुर थिङमाथि हालसम्म अनुसन्धान भैरहेको प्रहरीको भनाई रहेको छ । पक्राउ परेका अधिकांश ब्यक्तिहरु विप्लव नेतृत्वको नेकपाको विभिन्न कमिटिहरुमा रहेको समेत प्रहरीको दाबी रहेको छ ।