– विवेक वाईबा हेटौँडा ११ जेठ ,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुइदिने नेपाल भ्रमणबारे अनेकन चर्चा र टिप्पणी भैरहेको छ। दुइदिने नेपाल भ्रमणक क्रममा उनले रास्ट्रपति भिद्यादेबी भण्डारी , उप- रास्ट्रपति नन्द बहादुर पुनसंग पनि नेपाल भारत बिचको परम्परागत सम्बन्ध र अबको सन्दर्भमा आपसी हित कसरि गर्न सकिन्छ ? भन्ने बिषयमा छलफल भएको बताइन्छ। रास्ट्रपति र उप रास्ट्रपतिसंगको शिष्टचार भेटमा दुइदेश बिचको आपसी सम्बन्ध प्रगाढ बनाउदै जानुपर्ने भनिएको छ। भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमण धार्मिक भनिए नितान्तै राजनैतिक झैँ लाग्छ र सो कुराको पुष्टी मोदीले जनकपुरमा नागरिक अभिनन्दनलाई सम्भोधन गर्ने क्रममा अभिवक्त गरेको शब्दले गरेको छ। समग्रमा नेपालले मोदी प्रतिबधत्ता कार्यन्वयनको दवाव बढाउनुको विकल्प छैन।

 

उनले भनेका छन् – मेरो यो यात्रा अत्यन्तै धार्मिक यात्रीको रुपमा हो, र नेपाल भारत बिचको सम्बन्ध सधीयौदेखि धार्मिक , सास्कृतिक र सामाजिक प्रकारको मात्र छैन। रोटि र बेटीको सम्बन्ध छ। जनक राजा , सिता र राम लक्ष्मणको सम्बन्धक सन्दर्भमा उनले जोड दिएको शब्द हामीबीच राजनीतिक ,कुटनितिक मात्र होइन , देबनीतिका कारण पनि आपसमा बाधिएका छौ। यस्ता थुप्रै शब्दावाली मोदीले सम्बोधनका क्रममा प्रयोग गरेका छन्। जे भए पनि मुख्य कुरो के हो भने शक्ति सम्पन्न रास्ट्रका शासक कमजोर रास्ट्रमा जादा त्यसको चर्चा बढी नै हुने गर्दछ तर बदलिदो भूराजनैतिक सन्दर्भमा भने सानो वा कमजोर रास्ट्रका राष्ट्रप्रमुख ठुलो राष्ट्र वा शक्ति सम्पन्न राष्ट्रमा जादा पनि उतिकै चर्चा भएको छ। पछिल्लो पटक प्रधानमन्त्रि वोलीको हकमा पनि बढि नै चर्चा नभएको होइन।

 

हालै मात्र उत्तर कोरियाली नेता तथा राष्ट्रपति चीन भ्रमणमा जादको कुरा होस् वा दक्षिण कोरियालीसंगको आपसी सम्बन्ध सुधारका लागि दुइ देश बीच वार्ता प्रक्रियाले संसारभर चर्चा पाएको विषयलाई नै पनि लिन सकिन्छ। यी तिन देश बीचमा राष्ट्र प्रमुखका बिचमा भएका विसयगत छलफल आणविक हतियारको निशस्त्रीकरण मात्र नभई विश्वमै शान्ति स्थापना गर्ने विषय र आपसी सम्बन्धमा सुधार ल्याउने लगायतका बिषयले पनि निकै अर्थ राख्ने कुरा विश्लेशकहरुको छ। यधपी अहिले शक्ति सम्पन् राष्ट्रहरु आफ्नो शक्ति सुद्रिध्रीकरण गर्ने मात्र होइन। आफ्नो प्रभाब दुनियामा पुर्याउन बदलिदो विश्व परिवेस अनुरुपको आफ्नो नया योजना मार्फत अघि अढीरहेको प्रष्ट छ ,र त्यही दिशामा हाम्रा छिमेकीहरु चीन र भारत त्यो दिशामा अग्रसर भैरहेका छन्। उनीहरुलाई जानकारी नै हाम्रो नेपाल दुवैका लागि सामरिक महत्वको छ भन्ने कुरा।

 

पछिल्लो सन्दर्भमा नेपाल भारत बिचको सम्बन्ध कस्तो बनाउने कुरा नै अहिलेको मुख्य आवश्यकता हो। नेपाल भारत सम्बन्ध सदियौ पुरानो हो तर त्यसलाई अझै निरन्तरता दिने प्रश्नमा कहा कति बेला को कसरि चुक्यो रु यी प्रश्नहरुको उत्तर खोज्नु पर्ने भयको छ। परम्पराको नाममा हामी माथि लाद्ने र प्रभाब पर्ने काम बिल्कुल गलत छ। यो काम भारतीय पक्षबाट निरन्तर हुदै आएको छ। भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमण पनि त्यसबाट अछुतो रहेन भन्ने नै लाग्छ। र पनि दुई देशबीचको दौत्य सम्बन्धका बारेमा टिप्पणी होइन। तर उसको व्यबहार र नीति माथीको प्रश्न भने अबस्य हो। परिबर्तित सम्बन्धलाई हेर्ने हो भने संबिधान सभा र गणतन्त्र नेपालको संबिधान बन्नु र तदनुरुप नै संबिधानको कार्यान्यन संगै संघीय संरचना अनुसार तिनै तहको निर्बाचन सम्पन्न हुनु। त्यसमा पनि नेकपा एमालेको वाम गठबन्धनको सबै तहमा प्रस्ट बहुमत ल्याउनु।

 

यस्ता थुप्रै कारणहरु छन् , जसले भारतीय पक्ष मुस्काएको छ। नेपालको राजनैतिक घटनाक्रममा नयाँ बदलाब आउनु र एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नुले पनि नेपाल र भारत बीचको नाका बन्दि लाग्दाको लाग्दाको स्थिति र अहिलेको स्थितिमा निकै बदलाब आएको छ। यस्तै बिश्वा राजनीतिमा समेत बदलाबको स्थिति देखिदै देखिदैछ। त्यसको प्रभाबबाट दुवै देश टाढा रहन्न। त्यसैले विगतमा नेपाल भारत बिचको बिग्रिएको राजनैतिक ,कुटनैतिक आर्थिक र सामाजिक सम्बन्ध सुधार गर्नुको आवश्यता बोध भयकै हुनुपर्छ। नेपाल भारत सम्बन्धका जुन परम्परा मान्यता छ त्यसप्रकारको मान्यता वा सम्बन्ध अन्य देशसंग छैन। नेपाल र भारतका जनजन बीच आपसमा सामाजिक एब सास्कृतिक रुपले नै बाधिएको छ।

 

जे भए पनि दुई देशबीचको दैत्य सम्बन्ध नयाँ सन्दर्भमा नयाँ ढंगले विकास गर्न जरुरी छ। विगतमा जे जस्ता सन्धि सम्झौताहरु भएका छन त्यसको पुनरावलोकन गर्दै गर्नु पर्ने कामहरु तदरुकताका साथ् गर्न पहल गर्नु जरुरि छ। त्यस अलावा दुई देशको आपसी हितका निम्ति भएका सहमति र समझदारीहरु कार्यन्वयन नहुने जुन स्थिति छ , त्यसको अन्त्य गर्दै सकारात्मक प्रभाब संदेश जाने गरि काम कारवाहीको प्रक्रिया अगाडी बढाइउन दुवै देशका प्रधानमन्त्री एव सरोकारवाल सम्वन्धित् निकायले सक्रिय भूमिका निर्वाह गर्नु बिकल्प् छैन। परम्पराको नाममा हुने र गरिने ढिलासुस्तीले दुई देशका सरकार प्रमुखले अधि सारेका योजना अलपत्र नबनोस। विगतको सन्धि सम्झौता पुनरावलोकन नगरी दुई देश बीचको आपसी लाभ र हित सुनिस्चित गर्न सकिन्न।

 

बर्षा लागेको छ। यो समय आफ्ना नागरिकलाई बर्शसंगै हुने प्राकृतिक प्रकोप बाढी पहिरो आदिका कारण हुने क्षति कम गर्न समयमै त्यसको बारेको बचाउको उपाय सहित सुनिस्चित गर्नुपर्ने बेला हो। यो काम राज्यको हो। प्राकृतिक प्रकोप कै कारण लामो समयसम्म सुरक्षित वास बनाउन नसक्दै पुन त्यसको पिरलो आम नागरिकमा छ। सरकार समृद्ध ,सुशासन र सदाचारको योजना अगाडी बढाई रहेको छ भन्ने भनाई सरकारका
मन्त्रीहरुको छ। खोई सुशानको मुल्को रुभ्रष्टचार ,कालोबजारी ,कमिशनखोरी र महँगीको कारण जनता आक्रान्त छन्। सरकार त्यसलाई नियन्त्रण गर्न चाहेर पनि सकिरहेको छैन। जनताको चाहना र भावना भनेको महँगी नियन्त्रण होस् , शान्ति सुव्यवस्था कायम होस्। बेरोजगारीलाई स्वरोजगारिको अवसर प्राप्त होस् र जनजीवनका सवालमा सरकार सम्वेदित बनोस बह्न्ने नै हो।

 

भुकम्पले भत्किएका भौतिक सम्पदाहरु र सर्वसाधारणको घरवासको पुन निर्माणका लागि दिनुपर्ने अनुदान रकम होस् वा अन्य सहयोग सर्भासुलभ तरिकाले वितरण गर्ने काम अझै पुरा भई नसक्दै बर्षादको समय सुरु भएको स्थितिमा पुन निमार्णको काममै प्रश्न उठिरहेको अवस्था छ। यसबारे सरोकारको सरोकारवाला निकायको सक्रियता अपर्याप्त देखिन्छ। यसबारे जनस्तरबाट गुनासो र चासो भए पनि सम्बन्धित निकाएको काम कारवाही प्रति सन्तुष्ट हुने ठाउँ छैन। सरकारले यस बिषयमा बिशेष योजनाका साथ पहल कदम लिन जरुरि छ र तिनै तहका सरकारको काममा सघनता भन्दा पनि अलमल बढी देखिन्छ। यस्तो अबसरमा अघि सरियको समृद् नेपालको महत्वाकांक्षी योजना पुरा गर्न सकिएला र ? सरकारको बागडोर सम्हालेका दलको ध्यान यसमा अलि पुगेन कि ?

 

नेपाल भरत बीचको सम्बन्ध ऎतिहासिक छ र भूराजनीतिक हिसाबले पनि नेपाल दुई छिमेकीहरुका लागि महत्वपूर्ण राष्ट्र हो। यधपी कतिपय अबस्थामा भारतको हेपाहा प्रकृति कै कारण नाकाबन्दीताकाको स्थिति अलि बिग्रिएको हो। यसपटक ती कुराहरुलाई आत्मसमीक्षा वा महसुस नगरे पनि भारतीय पक्ष भनौ प्रधानमन्त्री मोदी ब्यवहार त नरम भावका साथ प्रस्तुत भए। यसक्रममा नेपालका प्रधानमन्त्री केपी ओली भारत जादा दुई देशबीच भएका सहमति ,समझदारी र बिगत कैयन सम्झौताको कार्यान्वयन प्रक्रिया अगाडी बढाउने बताईको छ। मोदीले नागरिक अभिनन्दनका क्रममा बुदागत रुपमा यो क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने प्रतिबदता जाहेर गरेका छन्। जे होस् यो भ्रमण दुई देशको आपसी हित रक्षा गर्ने सवालमा फलदायी मानिन्छ। याधपी कार्यन्वायनको बिषयमा भने बिगतका व्यवहारलाई हेर्दा शंखा गर्ने ठाउ प्रशस्त छ। धन्यावाद