
१० जेठ, विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका ब्राजिलियन स्टार स्ट्राइकर नेमार आगामी जुन १४ देखि रसियामा हुने विश्वकप फुटबलसम्म मैदान र्फकने कसरतमा लागेका छन् ।
फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट क्लब फुटबल खेल्ने नेमार गएको फेबु्रअरीको अन्तिम समयदेखि चोटका कारण मैदानबाहिर छन् । मैदानबाहिर लामो समय रहेर पनि फ्रेन्च प्लेयर अफ द इयर अवार्ड जितेका उनी विश्वकपका लागि ब्राजिलको अन्तिम २३ जनाको टोलीमा पनि संलग्न छन् ।
विश्वकपसम्म फिट हुने आशमा उनी अहिले हरेक दिन कडा मेहनत गरिरहेका छन् । उनको स्वास्थ्य प्रगति सोचेको भन्दा राम्रो भइरहेको ब्राजिल राष्ट्रिय टिमका फिजिकल ट्रेनरले बताएका छन् । उनले अलि अलि गर्दै नेमार फिट हुँदै गएको र यसमा सहज हुने गरी काम गरिरहेको बताएका छन् ।
स्वीट्जरल्याण्ड, कोस्टारिका, सर्बियासँगै विश्वकपको समूह ‘ई’मा रहेको ब्राजिलले पहिलो खेल १७ जुनमा स्वीट्जरल्याण्डसँग खेल्नेछ ।
गएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७(१ ले पराजित भएको थियो । यसपटक त्यो हारबाट बाहिर निस्किएर ऐतिहासिक उपाधि उचाल्न नेमार महत्वपूर्ण रहेका छन् । त्यसबेला क्वाटरफाइनलमा कोलम्बियालाई २(१ ले हराएको खेलमा नेमार घाइते भएका थिए ।(स्रोत ःअनलाइनखबर)
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।