file photo

१० जेठ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बसिरहेको छ । केन्द्रीय सदस्यहरुको नामावलीसहित हस्ताक्षर संकलन गर्नका लागि बैठक बोलाइएको हो ।

 

केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित बैठकमा उपस्थित हुने भनिएको थियो ।पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने क्रममा निर्वाचन आयोगलाई हस्ताक्षर सहितको नाम बुझाउन बाँकी छ । बैठकमा पार्टी अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुलाई पार्टीका विधि र सञ्चालनका निर्देशन दिइरहेका छन् । गत सोमबारको सचिवालय बैठकले ४४१ सदस्य रहेको केन्द्रीय समितिलाई अनुमोदन गरेको थियो ।

 

केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो पटक बैठक बस्न लागेको हो । नेकपाका केही सदस्यले आजै शपथ लिएका छन् । बैठकअघि उनीहरुले शपथ लिएका हुन् । पहिले शपथ लिन छुटेका केन्द्रीय सदस्यलाई शपथ गराइएको हो ।‘म….नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी लिइरहेको यस महत्पूर्ण घणडीमा सहिदको रगतद्धारा रञ्जित पार्टीको झण्डा सामु उभिएर प्रतिज्ञा गर्दछु’ शपथमा भनिएको छ । सदस्यहरूले गलत विचार र गलत व्यवहार विरुद्ध दृढतापूर्वक जुधिरहने प्रतिज्ञा गरिएको छ ।

 

शपथमा सहिदलाई सलाम गरिएको छ भने नेपाली क्रान्ति, मार्क्सवाद, लेलिनवाद र नेपाल कम्युनिस्ट पार्टीलाई जिन्दावाद भनिएको छ ।