जेठ ८ – महोत्तरी प्रहरीले एकडारा गाँउपालिका ३ अजमलपट्टीमा घरमा लुकाएर राखेको १ थान हतियारसहित अबैध गाँजा बरामद गरेको छ । प्रहरीले सोमबार साँझ सुराकीको आधारमा १ सय ८६ किलो रातो प्लाष्टिकमा प्याकिङ्ग गरि भारत पठाउन लागेको गाँजा बरामद गरिएको हो ।

प्रहरी निरीक्षक विरेन्द्र पनेरुको नेतृत्वमा गएको कमाण्ड टोलीले स्थानीय जितेन्द्र कुमार मण्डलको घरबाट रातो प्लाष्टिकमा प्याकिङ्ग गरेको अवस्थामा ४६ किलो लागुऔषध गाँजासहित तौल गर्नका लागि घरमा राखिएको डिजिटल बेटिङ मेसीन १ थान, कमानी तराजु १ थान, ढक ३ थान बरामद गरेको हो ।


त्यस्तै प्रहरीले स्थानीय चुनदेवी मण्डलको घरभित्र लुकाई राखेको अवस्थामा १ सय ४० किलो गाँजा, १ थान मोबाइल, घर कम्पाउण्ड बाहिरको टोकरीमा घाँसभित्र लुकाई राखेको १ थान पुरानो अटोमेटिक पेस्तोल, पेस्तोलमा लाग्ने म्यागजिन १ थान, मिस फायर गोली राउण्ड ३ थान बरामद गरेको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।

घरधनीहरु घर छाडेर फरार भएकोले खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
-उज्यालोअनलाइनबाट