८ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तीन दिनमै विराटनगरस्थित भारतीय फिल्ड अफिस हट्ने भएको छ । भारतीय विदेश मन्त्रालयले फिल्ड अफिस हटाउने औपचारिक जानकारी गराएको छ ।

भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘जे उद्देश्यका लागि अफिस खोलिएको थियो, त्यो पूरा भएको छ । भारत सरकारले अफिस बन्द गर्ने र कर्मचारीलाई अन्यत्र लैजाने निर्णय गरिसकेको छ ।’

शनिबार मात्र प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका थिए । भारतीय विदेश मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराइसकेका छन् ।

२०६५ भदौ २ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था आएको थियो । त्यसका लागि पास दिन भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला फिल्ड अफिस बन्द गर्न भारतलाई पत्राचार गरेपनि अहिलेसम्म हटेको थिए ।