८ जेठ, सर्लाहीका ३३ बर्षीय जनक महतो नाम परिवर्तन को विहे भएको पाँच बर्ष भयो । विदेशमा काम गर्ने उनी बिहे भएको पाँच बर्षको अवधिमा तीनपटक घर आएका छन् ।

 

बिहेको दुइ महिनामै उनी वैदेशिक रोगारीका लागि कतार गए ।पहिलोपटक विदेशिएका १८ महिनामै घर आएर दुई महिना बसेर फर्के । कतारको कमाईले परिवारको ऋणको बोझ त घटायो तर बलैमा सन्तान जन्माउने प्रयास सफल नहुँदा उनमा तनाव थपिएको छ ।

 

यसपटक अलि लामो विदामा घर आएका उनी सन्तन नहुनुको कारण खोज्दै पत्नीसहित राजधानी काठमाडौंका अस्पताल चहार्दैछन् ।,आजको नागरिक दैनिकमा यो खबर छ ।