
८ जेठ,नेपाली युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएलमा सहभागी भएर नेपाल फर्किएका छन् ।दिल्ली डेयरडेभिल्समा अनुबन्धित भएपछि करीब डेढ महिनाअघि दिल्ली प्रस्थान गरेका सन्दीप आईपीएलमा दिल्लीको खेल सम्पन्न भएपछि मंगलबार स्वदेश फर्किएका हुन् ।
दिल्लीका लागि सन्दीपले अन्तिम ३ खेल खेले । त्यसक्रममा कुल १२ ओभर बलिङ गरेका सन्दीपले ८२ रन खर्चिँदै ५ विकेट लिए ।
सन्दीपलाई स्वागत गर्न नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित समर्थकहरू त्रिभुवन विमानस्थल पुगेका थिए ।
स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सन्दीपले आफूले आईपीएलमा धेरै कुरा सिक्ने अवसर पाएको बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।