
हेटौँडा ७ जेठ,मकवानपुर प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ जना जिल्ला सदस्यलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिपलब माओवादीका जिल्ला सदस्य बागमती गाउँपालिका ६ बस्ने धन बहादुर थिङ र मनहरी गाउँपालिका २ का देव बहादुर थिङ रहेका छन् । उनीहरूलाई हेटौडा–११ सिमलटारबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
सूचनाका आधारमा पक्राउ गर्न गएको टोलीमाथि आक्रमणको प्रयास गरेपछि एक राउण्ड हवाई फायर समेत गरेको उपरीक्षक श्रेष्ठको भनाई छ । शंकास्पद गतिविधिमा संलग्न भएकोमा पक्राउ गरेका उनीहरुमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।