जेठ ५,भारतको कर्नाटकमा मुख्यमन्त्री बीएस यदियुरप्पाले राजीनामा दिएका छन् ।गत बिहीबार बिहान कर्नाटक विधानसभाका भाजपा विधायक दलका नेता बीएस येदियुरप्पाले मुख्यमन्त्रीकारुपमा शपथ लिएका थिए ।

 

गत मे १५ मा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी ९भाजपा०ले १०४ सिट जितेर सबैभन्दा ठूलो दल बनेको थियो ।तर, भाजपाले बहुमतका लागि ८ सिट जुटाउन नसक्ने देखेपछि यदियुरप्पाले शनिबार संसदमा सम्बोधन गरी बिनाशक्ति परीक्षण राजीनामा दिएका हुन् ।

 

भाजपाले तेस्रो दल जेडीएसका सांसदलाई प्रलोभन दिएरै भएपनि बहुमत पुर्‍याउन कोसिस गरेको भन्दै भारतीय राष्ट्रिय कांग्रेस र जेडीएसले आफ्ना सांसदलाई लुकाएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

 

कर्नाटकमा अब कांग्रेस र जेडीएस मिलेर सरकार बनाउनेछन् । तेस्रो दल जेडीएसका नेता कुमाराश्वामी मुख्यमन्त्री बन्ने बताइएको छ ।२२४ सदस्यीय विधानसभामध्ये २२२ सिटमा भएको निर्वाचनमा भाजपाले १०४ सिट जितेको छ । कांग्रेसले ७८ र जनता दल सेक्युलले ३७ सिटमा जित हासिल गरेका छन् । अरु दल तथा स्वतन्त्रले तीन सिट जितेका छन् । एजेन्सी