
जेठ ३,प्रहरीले २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ परेको छ।नक्कली नोट बनाउने मुख्य योजनाकार चलचित्र निर्माता तथा वितरक माधव वाग्लेसहित ६ जना पक्राउ परेका खबर आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ।
वाग्लेसहित ६ जनाले राजधानीका बजारमा उक्त नक्कली नोट सप्लाई गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।प्रहरीले लुट, लुट २, छड्के, रेशम फिलिलिलगायतका चलचित्रका निर्माता तथा वितरक वाग्लेसहित महेन्द्र वोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी र विकेश नापितलाई पक्राउ गरेको हो।
गोंगबुमा रहेको सुमधुर खाजाघरमा खाजा खाएर महेन्द्र बोगटीले नक्कली नोट दिएर हिँड्न खोजेपछि खाजाघरका सञ्चालकले बोगटीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।प्रहरीले वाग्लेको नक्सालस्थित घरमा छापा मारेर २ करोड ५२ लाख रुपैयाँ बरामद गरेको छ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।