
२ जेठ,नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेस्ट इन्डिजबिरुद्ध दुई हप्तापछि हुने आईसीसी वल्र्ड ११ खेल्नेभएका छन् ।
टि–ट्वान्टी अन्तराष्ट्रिय म्याचमा उनी छनौटमा परेका हुन् । जेठ १७ गते इंग्ल्याण्डको लर्डसमा हुने खेलका आइसिसीले वेस्ट इन्डिजबाहेकका देशबाट खेलाडी छानेको हो । उनको यो ऐतिहासिक अवसर हो ।
सन्दीपले इंग्ल्याण्डका सीमित ओभरका कप्तान इयोन मोर्गनको कप्तानीमा खेल्नेछन् । टोलीका अन्य सदस्यमा भारतका दिनेश कार्तिक र हार्दिक पाण्डेया, पाकिस्तानका साहिद अफ्रिदी र स्वेएब मलिक, बंगलादेशका तमिम इक्बाल,श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्ड ल्युक रंकी र मिचेल मेकक्लेनेघन र अफगानिस्तानका रसिद खान छन् ।
वेस्ट इन्डिजको टोली क्रिश गेल, आन्द्रे रसेल, मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, एविन लेविस, स्याम्युल बद्री लगायतका छन् ।‘म वेस्टइन्डिजविरूद्धको खेलमा आइसिसी विश्व ११ का लागि छनौट हुँदा आफूलाई भाग्यमानी ठानेको छु, यो सारा देश र नेपाली क्रिकेट प्रेमीको सम्मान हो । साथै हामीहरू अन्तर्राष्ट्रिय स्तर बनाउँदै गरेको हैसियतको संकेत हो,’ टिममा परेपछि सन्दीपले भनेका छन, ‘हामीले हुर्कँदै गर्दा टेलिभिजनमा देखेका ‘ट्रेन्ड सेटर’ हरूसँग सँगै अभ्यास गर्ने, एउटै ड्रेसिङ रूममा बस्ने र सँगै खेल्ने अवसरका लागि म प्रतीक्षारत छु। यो मेरा लागि सिक्ने र सुधार गर्ने अवसर हो। र यो अवसरको उपयोग गर्न म प्रतिवद्ध छु ।’
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।