file photo

२७ बैशाख,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउनुपूर्व एउटा ट्वीट गरेका छन् । नेपालको राजकीय भ्रमणको पूर्वसन्ध्यामा मोदीले गरेको ट्वीटलाई चासोपूर्वक हेरिएको छ ।नेपाल आउनु अघिल्लो दिन आज गरेको ट्वीटमा मोदीले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको प्रष्ट हुने बताएका छन् ।

उनले लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा ११ र १२ मेमा नेपाल भ्रमणको लागि जाँदैछु ,यो भम्रणले भारतको नेपालप्रतिको लगावलाई प्रतिबिम्बित गदर्छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसँग द्विपक्षिय सहयोगलाई गहिराईमा लैजाने व्यापक छलफल गर्नेछु ।’

 

नेपाल भ्रमणका विषयमा मोदीले एकरएक मिनेटको फरकमा लगातार तीन वटा ट्वीट गरेका छन् । नयाँ संविधान जारी भएपछि नेपाल लोकतन्त्रलाई अझ बलियो बनाउने र आर्थिक विकास हासिल गर्ने नयाँ चरणमा प्रवेश गरेको भन्दै मोदीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा भारत दृढ सहयोगी हुने बताएका छन् ।

 

उनी शुक्राबार भोली नेपालको राजकीय भ्रमणमा आउँदैछन् । पटनाबाट सोझै जनकपुर आउने मोदी भोलि नै काठमाडौं आउनेछन् भने पर्सि मुक्तिनाथ मन्दिर जाने कार्यक्रम छ ।उनलाई जनकपुर र काठमाडौँमा नागरिक अभिनन्दन गरिनेछ ।

नेपालमा संविधान जारी भएपछि नाकाबन्दी गरेका मोदीलाई अभिनन्दन गर्न लागिएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ । आलोचनाका बाबजुद पनि सरकारले आफ्नो तयारीलाई तीब्र पारेका छन् ।

यस्तो छ टुईट :