वैशाख २६ – प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा। उपेन्द्र देवकोटासँग भेट गरेका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार डा देवकोटाको उपचार भइरहेको न्यूरो अस्पतालमा पुगेर उनको स्वास्थ्यलाभको कामना गरे। पित्तथैलीको क्यान्सरले थलिएका देवकोटा न्यूरो अस्पतालमा स्वास्थ्यलाभ गरिररहेका छन्।


प्रधानमन्त्री ओलीले डा। देवकोटाको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललाई निर्देशन दिए।
-रासस