सुमन दाहाल हेटौंडा १६ वैशाख,
प्रदेश ३ मकवानपुर हेटौंडा राजधानी बाट पुर्वमा करिब १५-२० किलोमिटर आधा घण्टा बसको यात्रा पछि आइपुग्ने ऐतिहासिक भग्नावशेष रहेको राजदरबार मकवानपुर गढी दरबार हो।

 

मकवानपुर गढी दरबारले एक स्थानीय मकवानपुर जिल्लाको मात्र प्रतिनिधित्व गरेको छैन एसले पुरै देशको ऐतिहासिक दरबार सेन वंशीय राजाहरुको दरबार साथै बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ससुरालीको समेत स्मरण गराउने दरबारको रुपमा चिनिन्छ। महाराजाधिराज शाहले नेपाल एकीकरण गर्न मकवानपुरमा पनि लडाइँ युद्ध गरेका थिए भन्ने कुरा स्थानीयहरु स्वीकारछ्न।

 

 

 

दरबार प्रवेश गर्ने ठाँउ

 

 

 

दरबार भित्रको एक मन्दिर

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मकवानपुर गढी अहिलेको अबस्था :
अहिले तपाईहरु मकवानपुर गढि दरबार अवलोकन गर्न जानुभयो भने तेहा दरबारका पुरना मन्दिरहरु,भग्नाबेश दरबारका प्रबेश द्वार,खुल्ला भित्ताहरु छाना नभयका, पुरना ढुङ्गाहरु देखिन्छ्न।चारैतिर घेराइएर बनाइएको दरबार जहाँ प्रवेश द्वार बाहेक अरु ठाउँ बाट दरबार भित्र छिर्न नसकिने एक अच्च्मित अनौठो दरबार,लाग्छ दरबार सुरक्षित गर्न घेरिएको खाडल शत्रुहरुको आक्रमणबाट सचेत रहन बनाइएको जस्तो लाग्छ !

 

सरसफाई गर्दै

 

यस्तो भन्छ्न स्थानीयहरु मकवानपुर गढी दरबार बारेमा :
“हामी जन्मिएको थाहा भय देखि यो दरबार यस्तै छ,यहाँ विभिन्न सस्थाहरु,पुरातात्त्विक बिभाग आयर सरसफाइ,हेरचाह गर्न रकम छुट्याउछ्न।तेस बाहेक विभिन्न विद्यालयका विद्यार्थीहरु समुहमा आएयर अवलोकन साथै सरसफाइ गरिराखछ्न।यो यौटा देशैको सम्पत्ति हो यहाँ सबैले अवलोकन गर्न आवश्यक छ,अहिले त सडक नि विस्तार भै गयो क्यारे अब स्थानीय सरकार ले यश दरबारको प्रचार प्रसार गरि पिकनिक,भ्रमण अवलोकन गर्न आउने वातावरण बनाउन सुबिधा सम्पन्न होटहरु निर्माण आभास बनाउन युवाहरुलाइ प्रोत्साहित बनाइ खानेपानी बिजुली नेट विस्तार गर्न सकियो भने यो क्षेत्र पर्यटकीय क्षेत्रमा परिणत हुन्छ भन्छ्न स्थानीय युवा अनुभव महत,उनी थप्छ्न विदेशी पर्यटक घुमाउने गाइडहरुलाइ नै थाहा छैन पर्यटकीय गन्तव्य स्थल पुरातात्त्विक वस्तु,स्थान तेसैले त पोखरा,काठमाडौ,झापा यस्तै ठाउँ मा मात्र सिमित हुन्छन कमि त हाम्रै हो प्रचार प्रचार गर्न सकिएन।शनिबार शनिबार त यहाँ भिड नै हुन्छ पिकनिक खान आउने ब्यक्तिहरु अवलोकन गर्न आउछँन।”

 

 

भर्खरै पुुन निर्माण गरिएर बनाइर्एको सिँडि

 

दरबार बाट देखिने ठाँउ

दरबार बाट देखिने ठाँउ

 

 

समग्रमा हेर्दा यौटा ऐतिहासिक पुरातात्त्विक मकवानपुर गढी दरबार इतिहास बोकेको दरबार,यस्को सरसफाइ मर्मत,सुरक्षा गरि पर्यटकको लागि पर्यटन स्थलमा अवलोकन स्थलको विस्तार गरि पर्यटकको लागि आवस्यक सेवा सुविधा होटल विस्तार गरि आम्दानी आयस्रोत बाटो बन्न सक्छ।

 

दरबार निर काफल बेच्न बसेकि एक महिला

 

 

#तस्वीरहरु खबरब्रेकका सुमन दाहालले मकवानपुर गढि दरबार परिसर लिएका हुन।