![](https://www.khabarbreak.com/wp-content/uploads/2018/04/Manmohan_adhikari.jpg)
![](https://www.khabarbreak.com/wp-content/uploads/2018/04/Manmohan_adhikari.jpg)
१३ बैशाख,नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज १९ औं स्मृति दिवस मनाइँदैछ ।आप्ःना पूर्वअध्यक्ष अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्दै छ ।
अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन भएको थियो । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभएको थियो ।
अधिकारीपछि पाँच जना कम्युनिष्टले सरकारको नेतृत्व गरिसकेका छन् । तर अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामको बढी चर्चा हुने गरेको छ ।
अधिकारी नेतृत्वको सरकारले बृद्ध भत्ता वितरण गर्न सुरु गरेको थियो आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम पनि त्यहि सरकारले ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।